Loktantra Khabar National Weekly
Ad

प्रधानमन्त्री आधुनिकीकरण परियोजना सर्लाहीमा आगजनीबाट करोडोको क्षति

लोकतन्त्र खबर
२९ भाद्र २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही २९ भाद्र । तत्काालिन प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई कार्यालय सर्लाही हालको राष्ट्रिय आधुनिकीकरण कार्यक्रम सर्लाही मलंगवामा आगजनीबाट करोडो रुपैया बराबरको क्षति भएको छ ।

 

जेनजी आन्दोलनको क्रममा भाद्र २४ गते केहि युवाहरुको समुहले कार्यालयमा प्रवेश गरि आगजनी गर्दा कार्यालय परिसरमा पार्क गरि राखिएको चारचके गाडी दुई वटा मोटरसाईकल एउटा जलेर नष्ट भएको वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख रामबलम साहले जनाएको छ ।

 

आन्दोलनको क्रममा भाद्र २४ गते कार्यालयको ताला फुटाएर आगजनी गर्दा ३ थान कम्प्युटर ५ वटा प्रिन्टर २ वटा ल्यापटप र कुर्सी, टेबल, दराज लगायतका सामाग्रीहरु जलेर पुर्ण रुपमा नष्ट भएको कार्यालय प्रमुख साहले बताउनु भयो ।

 

कार्यालय प्रयोजनका सिसी टिभी, जिन्सी, लगायत आ.व. २०७३र०७४ देखि २०८१र०८२ सम्मका आर्थिक प्रशासन शाखा, जिन्सी शाखा, प्राविधिक शाखाका सम्पुर्ण महत्पुर्ण श्रेष्ता र कागजातहरु जलेर नष्ट भएको कार्यालय प्रमुख साहको भनाई छ ।

 

आईतवार देखि कार्यालय संचालन हुने भएपछि आज कार्यालयमा कार्यरत सम्पुर्ण कर्मचारीहरु कार्यालय आउदा हाजिरी रजिष्टर बाहिरबाट किनेर हाजिरी गरेको हो । बस्ने ठाउछैन हामिहरु कार्यालय परिसरमा बसेर सेवा प्रवाह गरिरहेको कार्यालयले जनाएको छ । सम्पुर्ण दस्तावेज जलेर खरानी भएपछि किसान तथा सेवाग्राहीहरुले यस कार्यालयबाट पाईरहेको सेवा दिन कठिनाई भएको कार्यालय प्रमुख साहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: