Loktantra Khabar National Weekly
Ad

क्षमता स्वमुल्यांकनमा लालबन्दी नगरपालिका प्रथम दोस्रो बरहथवा नगरपालिका

लोकतन्त्र खबर
८ भाद्र २०८२

बखतियार अलि–
सर्लाही ०७ भाद्र । आर्थिक वर्ष २०८१र०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन परिक्षणमा सर्लाहीको लालबन्दी नगरपालिका १०० मा ७८.५० प्रतिशत अंक ल्याएर प्रथम स्थान पाउन सफल भएको छ । त्यस्तै ७४ अंक ल्याएर बरहथवा नगरपालिका दोस्रो स्थान प्राप्त गरेको छ, भने बिष्णु गाँउपालिका ६३ अंक प्राप्त गरेर तेस्रो भएको छ ।

 

सर्लाही जिल्लामा रहेका २० वटा स्थानीय तहहरुमा ४० अंक प्राप्त गरेर बसवरिया गाँउपालिका १८ स्थानमा परेको छ । त्यस्तै ३८.५० अंक ल्याएर धनकौल गाउपालिका १९ स्थानमा छ, भने सबै भन्दा अन्तिम र कम अंक ३५.७५ अंक प्राप्त गरेर गोडैता नगरपालिका अन्तिम स्थान प्राप्त गर्न सफल भएको स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन समितिले सार्वजनिक गरेको परिणामले देखाएको छ ।

 

बाकी सर्लाहीका पालिका १४ वटा पालिकाहरु औसत अंक प्राप्त गर्दै स्तर खस्किदै गएको देखिन्छ । मधेश प्रदेश गाँउपालिका राष्ट्रिय महासंघ प्रदेश समन्वय अधिकृत मनोज साहको भनाई अनुसार प्रदेशमा रहेका स्थानीय तहहरुका संस्थागत क्षमता स्वमुल्यांकन स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयक्षेत्रहरु शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् ।

 

ती विषयगतक्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् । प्रत्येक सूचकका लागि एक÷एक अङ्क निर्धारण गरिएको छ । हरेक विषय क्षेत्रका सूचकहरूलाई समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहमा व्यवस्थित गरिएको छ । यी सूचकहरूको मूल्याङ्कन गर्न समग्र अवस्थाका प्रत्येक सूचकमा चार अवस्थाहरू राखिएका छन् भने प्रक्रियागत र परिमाणात्मक अवस्थाका सूचकहरूमा तीन तीन वटा अवस्थाहरू राखिएका छन् ।

 

यी अवस्थाहरू मध्ये अन्तिम अवस्था सबैभन्दा राम्रो अवस्था हो भने पहिलो, दोस्रो र तेस्रो अवस्थाले क्रमशः कमजोरबाट सुधार हुँदै गएको अवस्थालाई जनाउँछ । स्थानीय तहले स्वमूल्याङ्कन कार्य प्रत्येक आर्थिक वर्षको पौष मसान्त भित्र सम्पन्न गरी सक्नु पर्ने कानुनी प्रावधान रहेको समन्वय अधिकृत मनोज साहको भनाइ छ । सर्लाहीको परिपेक्ष्यमा सबै भन्दा बढि आइएनजीओ र एनजीओहरु कार्यरत रहेका पालिकाहरुको यस परिक्षामा कम अंक आउनु दुखद रहेको उनको भनाई छ ।

 

जुन पालिकामा एनजीओ र आईएनजीओहरु काम गरेको छैन । सर्लाहीका त्यो पालिकाहरुले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा राम्रो अंक प्राप्त गरेको छ । जुन पालिकामा करोडो रकम दातृ निकाय आइएनजीओ र एनजीओहरुबाट खर्च हुने गरेको छ । सर्लाहीका त्यसता स्थानीय तहको परिणाम खराब हुनु नराम्रो संकेत रहेको समन्वय अधिकृत मनोज साहले भने ।

 

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा राम्रो अंक ल्याउने स्थानीय तहलाई प्रत्येक वर्ष सरकारले १ करोड देखि ४ करोड सम्मको थप अनुदान दिने प्रावधान छ, भने नराम्रो अंक ल्याउने पालिकाको हरेक वर्ष १ देखि ४ करोडको बजेट कटटा हुदैन जान्छन । स्थानीय तहका लागि बजेट कटैती हुदै जानु कदापी राम्रो संकेत नभएको नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाले बताउनु भयो ।

 

स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा अधिकांस सर्लाहीका स्थानीय तह कमजोर हुनु सुशासन माथि गंम्भिर प्रश्न खडा भएको नागरिक समाज सर्लाहीका अध्यक्ष झाको भनाई छ । स्थानीय तहको वर्तमान अवस्था, कार्य सम्पादनका सिलसिलामा अपनाइएका र अपनाउनु पर्ने प्रक्रियाहरू, सम्पादन गरिएका असल अभ्यासहरू र सम्पादन गर्न बाँकी रहेको कार्यहरूको स्थिति पत्ता लगाउन स्थानीय तहको संस्थागत क्षमता स्वमुल्याङ्कन अपरिहार्य रहेको जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहाले भने ।

 

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कन कार्यविधि,२०७७ को दफा ६ को उपदफा ४ सँग सम्बन्धित अनुसूची ५ मा स्थानीय तहको स्वमुल्याङ्कन कार्य योजना बमोजिमका प्रक्रियाहरू अवलम्बन गरी स्वमुल्याङ्कन गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

चालु आर्थिक वर्षको श्रावण १ गतेबाट लिजा, फरा र एलइडीलाई मर्ज गरि स्थानीय शासन कार्य सम्पादन मुल्यांकन (व्यवस्थापन, संचालन) कार्यविधी २०८२ बाट लागु भएको छ । नेपाल सरकारले आउने दिनमा स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यलाई थप सशतm बनाउदै जाने बताएको छ । यस परिक्षामा कम अंक ल्याउने स्थानीय तहलाई कालो सूचिमा राखेर कारवाही हुने गरि कानुन बनाउन नेपाल सरकार संग स्थानीय जनप्रतिनिधी र राजनीतिककर्मीहरुले जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्: