Loktantra Khabar National Weekly
Ad

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु,चालक घाइते

लोकतन्त्र खबर
२३ श्रावण २०८२
लोकतन्त्र समाचारदाता—
सर्लाही,साउन २३ सर्लाहीको बलरामा शुक्रबार बिहान मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार बलरा नगरपालिका वडा न-११ स्थित रहेको वडा कार्यालय नजिक बिहान अन्दाजी १०:३० बजेको समयमा पैदल हिंडिरहेकी ५५ वर्षीया चन्दा देवी बैठालाई BR 30 K 4694 नम्बरको मोटरसाइकलले  ठक्कर दिएको थियो।
टाउकोमा गम्भीर चोट लागेपछि उनलाई अचलगढ अस्पतालमा प्रारम्भिक उपचार गराएर थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो।  दिउँसो करिब १२ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक ३५ वर्षीय जितेन्द्र ठाकुर पनि घाइते भएकोले उनको पनि प्रादेशिक अस्पतालमा उपचारपछि थप उपचारका लागि बिरगंज पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: