Loktantra Khabar National Weekly
Ad

धनकौल गाउँपालिकामा मालपोत र दर्ता दस्तुर निःशुल्क, सिँचाइका उपायलाई निरन्तरता

लोकतन्त्र खबर
१३ श्रावण २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही, साउन १३ । नेपाल सरकारले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेसँगै धनकौल गाउँपालिकाले पनि जनजीवन सहज बनाउन महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ ।

 

धनकौल गा.पा पनि सुख्खाग्रस्त क्षेत्र भित्र परेकोले आज (मंगलबार) सम्पन्न गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार आर्थिक वर्ष २०८२÷८३ का लागि मालपोत कर, व्यक्तिगत घटना दर्ता बिलम्ब दस्तुर तथा प्रतिलिपि दस्तुर पूर्ण रूपमा निःशुल्क गर्ने निर्णय गरिएको छ ।

 

गाउँपालिकाले सुखाग्रस्त अवस्थाको प्रत्यक्ष प्रभाव खेपिरहेका किसानहरुको सहजताका लागि सिंचाइ योजनालाई पनि प्राथमिकतामा राखेको छ ।

 

विशेषगरी, डिप ट्युवेल बोर्डिङ जडान कार्यलाई निरन्तरता दिने निर्णय गरिएको हो, जसबाट कृषक वर्गलाई राहत पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिका अध्यक्ष रामआश्रय साहले सबै गाउँबासीलाई लाभ लिन आग्रह गर्नुभएको पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: