
लोकतन्त्र समाचारदाता–
सर्लाही, असार १५,। मलंगवा नगरपालिकाका मेयर, उपमेयर सहितले खेतमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका छन् । मलंगवा न.पा को वडा न–४ स्थित एक खेतमा आइतवार एक विशेष कार्यक्रमको आयोजना गरि मेयर नागेन्द्र प्रसाद यादव, उपमेयर शकुन्तला देवी साह, सबै वडाका वडाध्यक्ष, कर्मचारी, स्थानीय किसान लगायत पत्रकाहरुले धानको बीउ रोपेर रोपाई दिवस मनाएका हुन् ।
उत्साहजनक सहभागीता रहेको उक्त कार्यक्रममा सहभागीहरुले परम्परागत तरिकाले रोपाइँ गरेका थिए । नगरपालिकाको आयोजना तथा कृषि शाखाको संयोजनमा भएको कार्यक्रममा कृषि उत्पादन वृद्धिका लागि आधुनिक प्रविधिको प्रयोग, जैविक खेतीको प्रवद्र्धन तथा कृषकहरूको सशक्तीकरण जस्ता विषयमा पनि छलफल गरिएको थियो ।
कृषिकार्यको लागि कृषि उपकरणको अभाव र मल खादको आपुर्तिमा हुँदै आएको लापरवाही र सोको निदानको विषयमा समेत कार्यक्रममा चर्चा गरिएको थियो । उपमेयर साहले समयमै मल खाद र बीउ उपलब्ध
भएमा किसानले राहत महसुस गर्ने उल्लेख गर्नुभयो । त्यस्तै मेयर यादवले किसानलाई पानी उप्लब्ध गराउन आफुहरू लागि परेको तर मल खादको बिक्रि बितरणमा भने बिचौलियाहरू हावी भएको बताउन ुभयो । यसका लागि उहाँले ठोस पहल गर्ने आश्वासन दिनुहुँदै मलंगवामा कृषि पर्यटनको समेत विकास गरिने योजना रहेको बताउनु भयो ।
यस्ता कार्यक्रमले स्थानीय किसानहरूमा उत्साह थपिनुका साथै परम्परा र प्रविधिको समन्वय गरेर उत्पादन बढाउन सकिने सम्भावनाको सन्देश दिएको छ ।