Loktantra Khabar National Weekly
Ad

बिलबिजक सहितको समान प्रहरीले पक्राउ गरि दुख दिएको फलफुल व्यापारी साहको गुनासो

लोकतन्त्र खबर
१४ असार २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही १४ असाढ । मलंगवा वार्ड नं. १० घरभई बस्ने फलफुल व्यापारी हरिनारायण साहको पसलबाट बिलविजक सहितको समान नेपाल प्रहरीले पक्राउ गरि दुख दिएको गुनासो गरेको छ ।

 

मलंगवा वार्ड नं.९ मा रहेको कृष्णमती स्कुल गेट अगाडी संचालनमा रहेको पसलबाट शनिवार बिलबिजक सहितको फलफुल सामाग्री प्रहरीको घुमुवा टोलीले समातेर जिल्लामा बुझाएको व्यापारी साहको भनाई छ ।

 

फलफुल व्यापारीहरुले बाहिरबाट फलफुल सामाग्री आयात गरेर बेच्नु पर्ने हुन्छ । लामो समय देखि आफु फलफुलको व्यापार बैध रुपमा गर्दै आएको व्यापारी साहको भनाई छ । सरकारलाई कर तिरेर बिलबिजक सहितका सामान बाहिरबाट मगाएर व्यापार गरेका हामी जस्ता सानो व्यापारीको सामान प्रहरीले पक्राउ गरि जिल्ला बुझाएपछि आफु मार्कामा पर्ने व्यापारी साहको भनाई छ ।

 

आफनो सामान जिल्लाले छाडेन भने आफुलाई ठुलो नोकसानी व्यहोर्नु पर्ने हुन्छ । थप आर्थिक भार परे आफनो व्यापारनै चौपट हुने व्यापारी साहले दुखेसो पोखे । जिल्ला प्रहरी कार्यालय सर्लाहीका नायब प्रहरी उपरिक्षक सरोज राईले भने प्रहरीले पक्राउ गरेको फलफुल बिना बिलबिजकको भएको प्रमाणित भएपछि मात्र प्रहरीले उक्त सामाग्री पक्राउ गरि ल्याएको छ ।

 

भंसार छलि, राजस्व चुहावटलाई रोकन प्रहरीले सक्रियता बढाएको नायब उपरिक्षक राईको भनाई छ । यस बारेमा प्रहरीले अनुसंन्धान गर्दैछ । पक्राउ परेको सामान बिलबिजक सहित थियो भने छुटिन्छ । बिलबिजक थिएन भने प्रक्रियामा जाने उपरिक्षक राईको भनाई छ ।

 

फलफुल पक्राउ कार्यमा हामिले सत्यतथ्य जाँच गरिरहेको छु । यदि प्रहरीमा दोष देखियो भने प्रहरी माथि समेत कारवाही हुने उपरिक्षक राईले लोकतन्त्रलाई बताए ।

प्रतिक्रिया दिनुहोस्: