Loktantra Khabar National Weekly
Ad

स्वतन्त्र सांसद अमरेश सिंहको मानसिक अवस्था खराब छ–सभापती सिंह

लोकतन्त्र खबर
११ असार २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही ११ असाढ । सर्लाही क्षेत्र नं. ४ बाट निर्वाचित सांसद डा. अमरेश कुमार सिंह भ्रष्टाचारी फटहा रहेको नेपाली कांग्रेसका जिल्ला सभापती सुरेन्द्र प्रसाद सिंहले आरोप लगाउनु भएको छ ।

 

प्रतिनिधी सभामा जहिले पनि अरु सांसदहरु माथि झुठा आरोप अगाउनु, बिनाब्रेकको कसैलाई पनि अपशब्द प्रयोग गर्नु यो एउटा निर्वाचित सांसदले कहिले पनि गर्न सकदैन अमरेश सिंहको मानसिक अवस्था खराब भएकोले वहालाई सभापति सिंहले यथासिघ्र उपचार गराउनु पर्ने माग गरेको छ ।

 

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले अस्ती कानुन मन्त्री अजय कुमार चौरसियाको बारेमा भनेको कुरा प्रति नेपाली कांग्रेस जिल्ला कार्य समितिको विशेष ध्यानाकर्षण भएको छ ।

 

स्वतन्त्र सांसद अमरेश कुमार सिंहले कानुन मन्त्री माथि बिना प्रमाण चरित्रहत्या गर्ने मनसायले कानुन मन्त्रीले बिभिन्न जिल्लाका न्यायाधीसहरुलाई फोन गरेर न्याय प्रभावित गर्ने कार्य गरिरहेको कुरा भन्नु पुर्ण रुपमा गैर जिम्मेवार रहेको नेपाली कांग्रेस जिल्ला कार्य समिति सर्लाहीको ठहर छ ।

 

स्वतन्त्र सांसद अमरेश कुमार सिंहलाई जोडदार कारवाहीको माग गर्दै वहाको सम्पुर्ण कृयाकलाप अवैधानिक रहेको छ । भ्रष्टाचार गरि अकुत सम्पती आर्जन गरेकोले छानबिन हुनुपर्ने सभापती सुरेन्द्र प्रसाद सिंहले माग गरेको छ ।

 

त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीका उपसभापति डा.सरोज कुमार यादवले भने स्वतन्त्र सांसद अमरेशको अरु माथि बिना प्रमाण जेपनि टिका टिपनी गर्नु आरोप लगाउनु वानी परेको छ ।

 

वहाको मानसिक अवस्था निकै खराब छ । प्रतीनिधी सभाकै बैठकमा कपडा फुकाल्नु नागिनु यो कुराहरुले माननीय अमरेश सिंहको मानसिक अवस्था खराब भएको कुरा दर्शाउछ ।

 

माननीय अमरेश सिंहलाई पागल खानामा भर्ती गरेर उपचार गर्नुपर्ने बेला भएको उपसभापति यादवले माग गरेको कुरा पत्रकारहरु संगको भेटमा बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: