Loktantra Khabar National Weekly
Ad

स्वास्थ्य कार्यालय सर्लाहीमा अख्तियारको छापा महत्वपुर्ण फाईलहरु जफत

लोकतन्त्र खबर
३२ जेष्ठ २०८२

बखतियार अलि–
सर्लाही ३१ जेष्ठ । अख्तियार दुरुपयोग अनुसंन्धान आयोग बर्दिवासको टोलीले शुक्रबार बिहान ११ बजेको समयमा स्वास्थ्य कार्यालय सर्लाहीमा छापा मारेर महत्पुर्ण दस्तावेज तथा फाईलहरु नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।

 

हिजो ११ बजे देखि बेलुकीको ६ बजे सम्म अख्तियारबाट आएका कर्मचारीहरुले आर्थिक वर्ष २०८०/०८१ तथा चालु वर्षमा संचालन भएको सबै कार्यक्रम तथा योजना भौतिक निर्माण लगायतका फाईलहरु जफत गरेको स्रोतले दाबी गरेको छ ।

 

२०८०/०८१ मा बर्थिंग सेन्टर निर्माण तथा खोप कार्यक्रम संचालनको लागि ३६ करोडको हाराहारीमा बजेट रहेको थियो । उक्त परिमाणको बजेटबाट मुख्यतह बर्थिंग सेन्टर निर्माण कार्य सर्लाहीका विभिन्न स्थानीय तहहरुमा भएको थियो ।

 

चालु आर्थिक वर्ष २०८१/०८२ मा पनि यस कार्यालयको जम्मा बजेट १६ करोड ५१ लाख ८२ हजारको हाराहारीमा रहेको छ । जसबाट भौतिक निर्माण, योजना तथा कार्यक्रम संचालन भएको छ ।

 

यो दुई वर्षको अन्तरालमा ५२ करोड ५१ लाख ८२ हजारको बजेट संचालन गरेको स्वास्थ्य कार्यालय सर्लाहीमा व्यापक हिनामिना भएको उजुरी परेपछि अख्तियारले हिजो कार्यालयमा छापा मारेको एकजना कर्मचारीले भने ।

 

दुई वर्षको अन्तरालमा स्वास्थ्य कार्यालय सर्लाहीमा कन्टिजेन्सी वापत आएको डेढ करोड भन्दा बढिको रकममा व्यापक अनियमितता भएको भन्दै उक्त फाईलहरु पनि अख्तियारले जफत गरि लगेको स्रोतले बताएको छ ।

 

स्थायी कर्मचारी बाहेक अस्थायी र दैनिक ज्यालादारीमा न्युतm गरेको कर्मचारीहरु के–कति हो । यसको बारेमा पनि अख्तियारले गहन सोधपुछ गरेको बताईएको छ । अख्तियार कार्यालयमा आएपछि दैनिक हाजिरी रजिष्टर चेकजाँच गरि आफनो कब्जामा लिएको छ ।

 

करारका कर्मचारी नियुतिmमा समेत चलखेल देखिएको हुन सकने बताउदै अख्तियारले करारका कर्मचारी नियुतिmका फाईल र हाजिरी रजिष्टर समेत जफत गरि लगेको कार्यालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: