
लोकतन्त्र समाचारदाता–
सर्लाही २५ जेष्ठ । सर्लाहीको पुलिस प्रशासनले ज्यादती गरेको भन्दै ५ दलले संयुतm रुपमा प्रेस विज्ञप्ती जारी गरेको छ ।
ने.क.पा. माओवादी केन्द्रका प्रदेश सदस्य शिव पुजन राय, ने.क.पा. एमाले प्रदेश सदस्य सुरेश कुमार साह, ज.स.पा. जिल्ला अध्यक्ष शम्भु प्रसाद यादव, ज.स.पा.नेपाल जिल्ला संयोजक विजय कुमार यादव र ने.स.पा. जिल्ला अध्यक्ष विरेन्द्र कुमार रायद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा विगत केहि दिन देखि सर्लाही जिल्लामा केहि व्यतिmहरु तथा बिचौलियाहरुको इसारामा जिल्लाको शान्ति सुरक्षा खलबलाउने तथा राजनीतिककरण गर्ने उदेश्यले प्रहरी प्रशासनद्धारा निर्दोष व्यतिmहरु माथि झुठा मुद्धा दर्ता गरि फसाउने कार्य भईरहेको प्रति हामि खेद प्रकट गर्दछौ ।
निर्दोष व्यतिmहरु माथि दर्ता गरिएका झुठा मुद्धा फिर्ता लिई पक्राउ गरिएका व्यतिmहरुलाई अविलम्व रिहा गरि आम जनतामा शान्ति सुरक्षा तथा न्यायको अनुभुति कायम गर्न यो प्रेस विज्ञप्ती जारी गरेको उल्लेख गरिएको छ ।
माओवादी केन्द्रका प्रदेश सदस्य शिव पुजन रायले संयुतm प्रेस विज्ञप्ती मार्फत माग गरिएको मुदाहरुलाई सर्लाहीका पुलिस प्रशासनले अविलम्व सम्बोधन गरेन भने हामि सबै राजनीतिक दल कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछु ।
नेपाली कांग्रेसका केहि नेताहरुले पावर र पैसाको बलले निर्दोष नागरिकलाई झुठा मुद्धा दर्ता गरि फसाउने कार्य गरि रहेकोले यो कदापी स्विकार्य नहुने माओवादी केन्द्रका प्रदेश सदस्य शिव पुजन रायले चेतावनी दिनुभयो ।
अब अति भएको छ । जिल्लाका नागरिकको सुरक्षामा बसेका पुलिस प्रशासनले केहि कांग्रेसी नेताको भनाईमा लागेर निर्दोष नागरिकलाई मुदा दर्ता गरि फसाउने कार्य गर्नु यो कुरा आफैमा कानुन विपरित रहेकोले यहाका प्रशासनले आम नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन हुन जोडदार माग गर्दैछु माओवादी नेता रायको भनाई छ ।
सर्लाही प्रशासन अहिले पनि सचिएन भने हामि सबै दल कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछु । यसबाट हुने सम्पुर्ण क्षतिको जिम्मेवारी यहाका पुलिस–प्रशासनले लिनुपर्ने माओवादी नेता रायले आक्रोश व्यतm गर्नुभयो ।