Loktantra Khabar National Weekly
Ad

पब्लिक मावि मलंगवामा वृक्षारोपण, २५० बिरुवा रोपियो

लोकतन्त्र खबर
२३ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ २२  विश्व वातावरण दिवसको अवसर पारेर बिहीवार मलंगवा नगरपालिका वडा नं. २ स्थित पब्लिक माध्यमिक विद्यालयको प्रांगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा २५० वटा  विभिन्न जातका बिरुवाहरु रोपिएको विद्यालय प्रशासनले जनाएको छ।

उक्त वृक्षारोपणको लागि लक्ष्मी सनराइज बैंक, मलंगवा शाखाले बिरुवा सहयोग स्वरूप प्रदान गरेको हो। सो सहयोगले विद्यालयको वातावरणीय सुधार र हरियाली विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ।

 

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रवीन्द्र कुमार पण्डित, लक्ष्मी सनराइज बैंकका शाखा प्रमुख रञ्जित पञ्जियार, सहायक शाखा प्रमुख मनु कुमार महतो, ऋण अधिकृत शम्भु प्रसाद साह, तथा सहायक कर्मचारीहरू रञ्जित राउत र सुजाता रंजनको साथै विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिका र विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

 

वातावरण संरक्षणको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको वृक्षारोपण कार्यक्रमले विद्यार्थीमा प्रकृतिप्रतिको जिम्मेवार हुने विश्वास लिएको बैंकका शाखा प्रमुख पञ्जियारले बताए ।

प्रतिक्रिया दिनुहोस्: