Loktantra Khabar National Weekly
Ad

सडक दुर्घटना न्युनीकरण गर्न ट्राफिक सचेतना सप्ताह शुरु

लोकतन्त्र खबर
२३ जेष्ठ २०८२

बखतियार अलि–
सर्लाही २१ जेष्ठ । मधेश प्रदेशका ८ जिल्लामा सवारी दुर्घटनामा उच्चदरले बुद्धि भएपछि मधेश प्रदेश सरकार गृह, संचार तथा कानुन मन्त्रालयको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको आयोजनामा सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह शुरु भएको छ ।

 

सडक दुर्घटना न्युनीकरण गर्न र आम जनतामा जनचेतना जागृत गर्ने उदेश्यका साथ ट्राफिक सचेतना सप्ताह शुरु गरिएको प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्काले बताउनु भएको छ । जेष्ठ महिनाको १ गते देखि सर्लाहीमा सवारी दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या अत्यधिक रुपमा बढेको छ । सर्लाहीमा गएको १८ दिनमा सवारी दुर्घटनामा परेर १० जनाको मृत्यु भएको छ ।

 

यो चिन्ताको बिषय रहेको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले बताउनु भयो । सडक दुर्घटना न्युनीकरण गर्न यो ट्राफिक सचेतना सप्ताह शुरु गरिएको प्रमुख सिंहले उल्लेख गर्नुभयो ।

 

खास गरेर १५ देखि ३० वर्ष उमेर समुहका व्यतिmहरु सवारी दुर्घटनामा परि ज्यान गुमाउनु परेको छ । तेसतै सडक दुर्घटनामा परि घाईते हुनेहरुको संख्या बढदै जादा यस्ता जनचेतना मुलक कार्यक्रमले समाजमा सचेतना वृद्धि होस भनेर यो साता व्यापी ट्राफिक सप्ताह शुरु गरिएको प्रमुख सिंहको भनाई छ ।

 

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका सभापती ओमप्रकाश ठाकुरले भने पत्रकारहरु अहिले सडक दुर्घटनाको समाचार दिन्हु लेख्ने गरेको छ । सडक दुर्घटनामा ज्यान गुमाएका वा सडक दुर्घटनाको घाईतेहरुको समाचार दिन्हु लेख्दा पत्रकारहरु समेत दुखि हुनु परेको छ । सडक दुर्घटना आफनो गलती भन्दा पनि अरु चालकहरुको लापरवाहीले बढि हुने गरेकोले सभापती ठाकुरले चिन्ता व्यतm गर्नुभयो ।

 

बिहिवार तुल ब्यानर ट्राफिक चिन्ह सहित बाजा बजाएर प्रहरी, नागरिक समाज, राजनीतिककर्मी कर्मचारी, बिधार्थी र पत्रकार सहितका सहभागितामा बिहान प्रभात फेरि सदरमुकाम मलंगवाको नगर परिक्रमा गरि नगरपालिका चोकमा सभाको कार्यक्रम गरि ट्राफिक सचेतना सप्ताह शुरु गरिएको हो । यो कार्यक्रम साता ब्यापी रुपमा संचालन गरि स्थानीयहरुमा सडक दुर्घटनाको बारेमा चेतना अभिवृद्धि गर्ने उदेश्यका साथ शुरु गरिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्: