Loktantra Khabar National Weekly
Ad

ईश्वरपुरमा आगलागी, दुई लाखभन्दा बढीको क्षति

लोकतन्त्र खबर
२१ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ २० मंगलबार बिहान सर्लाहीको ईश्वरपुर नगरपालिका वडा न-५ स्थित चिरान टोलमा आगलागी भएको छ। बिहान करिब ४:३० बजे स्थानीय नईम खाँ पठानको भैसी गोठमा बालेको घुरबाट अचानक सल्किएको आगोले गोठमा ठूलो क्षति पुर्याएको प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार आगलागीबाट गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ। गोठमा रहेका भैसीलाई खुवाउने ब्राण्ड तथा भाँडा, भिक्स, टिकको काठ जलेको छ भने एक वटा भैंसी र एक वटा पाडी जलेर घाइते भएका छन्।

 

आगलागीबाट करिब दुई लाख चौबिस हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
स्थानीयवासीको सक्रियतामा बिहान ५ बजेतिर आगो नियन्त्रणमा आएको थियो।

प्रतिक्रिया दिनुहोस्: