Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

लोकतन्त्र खबर
२१ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ २० सर्लाहीको बरहथवा नगरपालिका वडा न-१७ मा मंगलबार बिहान मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बिहान करिब २:५० बजे कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना.४६ प.२८२० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलको दाहिनेपट्टि झन्डै २-३ मिटर तल खसेको थियो।

दुर्घटनामा परेका मोटरसाइकल चालक मलंगवा नगरपालिका–४ निवासी कैलाश रायका ३५ वर्षीय छोरा घनश्याम राय गम्भीर घाइते भएका थिए। टाउको, निधार र दुबै आँखामाथि गहिरो चोट लागेपछि उनलाई सुरुमा बरहथवाको भेनस अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल लगिएकोमा बिहान करिब ६ बजे डाक्टरले मृत घोषणा गरेका हुन्।

मोटरसाइकल हाल इलाका प्रहरी कार्यालय मुर्तियामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्: