
लोकतन्त्र समाचारदाता—
सर्लाही,जेठ ११ सर्लाहीको बसवरिया गाउँपालिका वडा न-६ मनटोलमा आइतवार ट्रयाक्टरको ठक्करबाट एक वृद्धको ज्यान गएको छ।
दिउँसो करिब १ बजेको समयमा सोही ठाउँ निवासी अन्दाजी ६५ वर्षीय अमिरी पासवानलाई ज.१ त. ९५६४ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।
ट्रयाक्टरले अमिरी पासवानको घरको आँगनमा माटो पुर्दै गर्दा पछाडि जडान गरिएको टेलारी ब्याक गर्ने क्रममा बाँया पट्टिको भागले ठक्कर दिएको प्रहरीले जनाएको छ। टाउकोमा गम्भीर चोट लागेपछि उनको ज्यान गएको हो।
घटनापछि ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: