
सर्लाही ०५ जेष्ठ । सर्लाहीको मलंगवा नगरपालिकाबाट साउदी अरबको मक्कामदिना हज गर्न जाने हज यात्रीलाई बिदाइ तथा सम्मान गरिएको छ । यस वर्ष सर्लाहीबाट २८ जना हज यात्रामा जानेहरूलाई जानुअघि बिदाइ सम्मान गरेको राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा. अब्दुल रहिम मिकरानीले जानकारी दिनुभएको हो ।
मक्का मदिना धार्मिक तीर्थ यात्रामा जाने हज यात्रीहरूलाई एक कार्यक्रमका बिच बिदाइ तथा सम्मान गरिएको मिकरानीले जानकारी दिनुभयो । मिकरानीका अनुसार यहाँबाट हज यात्रामा जानेहरूलाई बिदाइ तथा सम्मान गरिएको छ । हज यात्रीलाई गम्छा, टोपी तथा फुलका माला लगाएर सम्मान र बिदाइ गरिएको हो ।
हज यात्रामा जाने हाजिहरुले हज यात्रा महँगो भएको भन्दै त्यसलाई घटाउन सरकारसँग आग्रह समेत गर्नुभयो । यस वर्ष नेपालअधिराज्य भरिबाट ११ सय ७१ जना नेपाली मुस्लिमहरु हजको लागि सउदी अरब जादैछ ।
हज यात्रा गर्नको लागि प्रति व्यतिm रु.४ लाख बराबर खर्च गरेर मुस्लिमहरु हज यात्रा गर्न जादै हो । एउटा व्यतिmलाई हज गर्दा बढि आर्थिक भार परेको भन्दै मुस्लिमहरुले हज यात्राको सरकारले निर्धारण गरेको शुल्क घटाई दिनलाई सरकार संग माग गरेको छ ।