
लोकतन्त्र समाचारदाता–
सर्लाही ०५ जेष्ठ । अवैध तथा अनैतिक सम्बन्धले गर्दा सर्लाहीको चन्द्रनगर गाँउपालिका वार्ड नं.१ किसनपुर बस्ने २८ वर्षिय अरविन्द कुमार पंडितले ज्यान गुमाउनु परेको छ । ईश्वरपुर नगरपालिका वार्ड नं.६ चिरान टोल बस्ने मोस्तकिम अंसारीको ३० वर्षिय श्रीमती नजिमा खातुन संग चन्द्रनगर गाँउपालिका वार्ड नं. १ किसनपुर बस्ने उपेन्द्र पंण्डितको २८ वर्षिय छोरा अरविन्द कुमार पंडितको अवैध सम्बन्ध रहेको थियो ।
गएको चैत्र १९ गते रातको ११ बजेको समयमा मोस्तकिम अंसारीको २५ वर्षिय श्रीमती खातुनलाई भगाई लगेको खोजतलास गरि दिन भनि निजका श्रीमान अंसारीले ईलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दर्ता गराएको थियो ।
स्थानीयहरु संग सोधपुछ गर्दा पंण्डितले खातुनलाई भगाएको कुरा खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक क्ए योगेन्द्र कुमार खडकाले प्रेस मिटमा बताउनु भयो । बैशाख १९–२० गतेका दिन खातुन र पंण्डित भारतबाट नेपाल आएको प्रहरीको भनाई छ । भागेर आएका श्रीमती संग मिलेर बस्न मोस्तकिम अंसारीलाई स्थानीय र पंचहरुले भनेपछि दुबै जना सहमति बमोजिम बस्दै आएको हो ।
नजिमा खातुनलाई घरमा बस्ने व्यवस्था मिलाईसके पश्चात पनि मृतक पंण्डित पटक–पटक नजिमा खातुनको घरमा आवत जावत गर्दै आएको प्रहरीको भनाई छ । सोही रिस र प्रतिशोधका कारण अंसारीको सपरिवार योजना बनाई बैशाख २८ गते बिहान ८ बजेको समयमा ईश्वरपुर नगरपालिका वार्ड नं. ८ स्थित फुलजोर खोलाको छेउमा नजिमा खातुनले मृतक पंडितलाई भेटनलाई बोलाएको थियो ।
सोही मौका छोपी पंण्डितलाई कर्तव्य गरि हत्या गरिएको हुन सकने प्रहरीको भनाई छ । फुलजोर खोलाको छेउमा हत्या गरि मृत शरिरलाई परालले ढाकछोप गरि राखिएको प्रहरीको अंनुसंन्धानमा खुलेको छ । पछि हत्या गरिएको पंण्डितको मृत शरिरलाई प्रतिवादीहरुले फुलजोर खोलाको छेउबाट ५ सय मिटरमा रहेको उखु बारीमा मृतक पंण्डितको लाशलाई ढाकछोप गर्न खोजिएको थियो ।
सोही उखुबारीबाट पंण्डितको लाश प्रहरीले कुहिएको अवस्थामा फेला पारी अनुसंन्धान गर्दा ६ जना व्यतिmहरु हत्याको आरोपमा पक्राउ परेको हो । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका वार्ड नं. ५ चिरानटोल बस्ने मोहम्मद हुसैन मोमिन र आरोपित मुस्तकिम अंसारीका २९ वर्षिय छोरा रजाक अंसारी उनका श्रीमती २५ वर्षिय नजिमा खातुन रहेको पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपितहरुलाई आज सार्वजनिक गरेको हो ।
त्यस्तै ४० वर्षिय सुयब अंसारी वर्ष २५ को कोनूर आलम अंसारी र ५४ वर्षिय सलाउदिन अंसारी पक्राउ परेको हो । पक्राउ परेका ६ जना बिरुद्ध कर्तव्य ज्यान कसुरमा जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरि अनुसंन्धान भईरहेको क्ए योगेन्द्र कुमार खडकाले प्रेस मिटमा बताउनु भयो । पंण्डितको हत्याको विषयमा थप जानकारी पोष्टमार्टम रिर्पोट आएपछि थाह हुने उपरिक्षक खडकाले बताउनु भयो ।