Loktantra Khabar National Weekly
Ad

ऋण नर्तिदा पासवान माथि निर्घात कुटपिट असपताल भर्ना

लोकतन्त्र खबर
४ जेष्ठ २०८२

लोकतन्त्र समाचारदाता–

सर्लाही ०३ जेष्ठ । डिप्रोक्स लघुवित वितिय संस्था लिमिटेडको ऋण नतिर्दा एकजना महिला माथि वितिय संस्थामा कार्यरत कर्मचारीहरुले निर्घात कुटपिट  गरेको घटना सार्वजनिक भएको छ ।

 

जेष्ठ २ गते शुक्रवारका दिन डेढ बजेको समयमा डिप्रोक्स लघुवित वितिय संस्था लिमिटेड मलंगवा–४ मा रहेको कार्यालयका कर्मचारीले आफु संग ऋण सम्बन्धी कुरा गर्नुछ भनेर कार्यालयमा बोलाई कुटपिट गरेको मलंगवा वार्ड नं. ४ निवासी रजिया पासवानले बताएको छ ।

 

पासवानलाई हिजो कार्यालयमा बोलाई हाथ र खुटाले हिर्काउदा निजको टाउको, हाथ र ढाडमा गंम्भिर चोट लागेको छ । टाउकोमा चोटपटक लागेपछि पासवानलाई हिजै प्रादेशिक असपताल मलंगवामा भर्ना गरिएको छ । निर्घात कुटपिटबाट घाईते पासवानको अहिले पनि उपचार भईरहेको असपताल स्रोतले जनाएको छ । पासवानले ३ वर्ष पहिला डिप्रोक्स लघुवित वितिय संस्था लिमिटेड मलंगवाबाट १ लाख ४० हजार ऋण लिएको थियो ।

 

पटक–पटक गरि १ लाख ३० हजार रुपैया लघुवित वितिय संस्थालाई बुझाएको नगदी रसिद आफु संग रहेको पासवानले बताईन । यधपी लघुवित वितिय संस्था मलंगवाको अझ १ लाख ३० हजार सवा, ब्याज सहितको रकम बुझाउन बाकी रहेको कर्मचारीले ताकेता गर्दै आएको छ ।

 

पासवानले अहिले आफु संग पैसा नरहेको पैसा भएपछि बुझाउने छु, बताएपछि लघुवित वितिय संस्थाका कर्मचारीहरुले बिभिन्न धाक धमकी र गाली गलौच गर्दै तत्काल रकम बुझाउन दबाब दिदै आएको पासवानले आरोप लगाईन ।

 

जेष्ठ २ गते ऋण सम्बन्धी कुरा गर्नुछ, भनेर आफुलाई कार्यालयमै बोलाई आफु माथि कर्मचारीहरुले कुटपिट गरेको पिडित महिला पासवानको भनाई छ ।

 

यस सम्बन्धमा डिप्रोक्स लघुवित वितिय संस्था लिमिटेडको कार्यालयको नं. ०४६– ५०१६१४ मा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । महिला माथि कुटपिटका घटना सार्वजनिक भएपछि कार्यालयमा ताला लागेको छ । कर्मचारीहरु पनि फरार रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्: