Loktantra Khabar National Weekly
Ad

सर्लाहीमा सामी कार्यक्रमको सेवा प्रवाह सम्वन्धी छलफल सम्पन्न

लोकतन्त्र खबर
२७ बैशाख २०८२

लोकतन्त्र समाचारदाता—
सर्लाही ,बैशाख २७ सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सेवा प्रवाह सम्वन्धी एक दिने छलफल तथा परिचयात्मक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ । मलंगवा  स्थित होटल सुजाताको  सभाहलमा सर्लाही  जिल्लाका सवै स्थानिय तहका नगरप्रमुख,उपप्रमुख, प्रमुख प्रसासकीय अधिकृतहरु, रोजगार संयोजक लागयतको उपस्थितीमा कार्यक्रम सम्पन्न सम्पन्न भएको हो ।

 

श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा आप्रवासी श्रोत केन्द्रको मुख्य सेवा,उपलब्धि तथा आगामी रणनितिका वारेमा जानकारी गराइएको थियो।

 

कार्यक्रम आप्रवासनसँग सम्बन्धित जोखिम न्यूनीकरण, सुरक्षित वैदेशिक रोजगारीका उपाय, आप्रवासी श्रमिकहरूको हक–अधिकार संरक्षण, सुरक्षित आप्रवासन कार्यक्रमका उद्देश्य, सेवा मोडालिटी , उपलब्ध स्रोतहरू तथा स्थानीय तहमार्फत् सेवा प्रवाहको प्रभावकारिता वृद्धिमा केन्द्रित रहेको थियो।

 

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह ,उपप्रमुख जितेन्द्र कुशवाहा,प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,विभिन्न स्थानीय तहका प्रमुख ,उपप्रमुख,प्र.प्र.अ लगायत सरोकारवालाहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: