Loktantra Khabar National Weekly
Ad

आधारभूत भाषिक र गणितीय सिप सम्बन्धि सम्मेलन सम्पन्न

लोकतन्त्र खबर
२२ बैशाख २०८२

लोकतन्त्र समाचारदाता-
जनकपुरधाम, वैशाख २२ मधेश प्रदेश सरकार अन्तर्गतको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा “आधारभूत भाषिक तथा गणितीय सिप सम्बन्धी एक दिवसीय सम्मेलन” सोमबार जनकपुरधामस्थित होटल मिथिला यात्री निवासमा सम्पन्न भएको छ।

सम्मेलनमा प्रदेशका उच्च अधिकारी, स्थानीय सरकार, शैक्षिक संस्था तथा गैरसरकारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको सहभागिता थियो। कार्यक्रमको उद्घाटन निमित्त सचिव दिलिप कुमार ठाकुरको अध्यक्षतामा प्रमुख अतिथि मन्त्री रानी कुमारी तिवारीले गरे।

 

सम्मेलनमा NARN र NASA अध्ययनका निष्कर्ष, कक्षाकोठा र समुदायमा आधारित अभ्यासहरू र विभिन्न संस्थाहरूका परियोजनात्मक अनुभवहरू प्रस्तुत गरिएको थियो।

 

कार्यक्रममा  स्ट्रीट चाइल्ड अफ नेपाल, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालले आफ्ना सिकाइ परियोजनाहरूको अनुभव सुनाए।

प्यानल छलफलमा सहभागीहरूले शैक्षिक गुणस्तर सुधारका लागि भाषिक र गणितीय सिपको महत्त्व, नीतिगत उपाय र स्रोत व्यवस्थापनबारे धारणा व्यक्त गरेका थिए।

सम्मेलनले गुणस्तरीय आधारभूत शिक्षाको सुनिश्चिततामा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: