Loktantra Khabar National Weekly
Ad

सर्लाहीको बिष्णु गा.पा.मा धारिलो हत्यार प्रयोग गरि पासवान महिलाको हत्या

लोकतन्त्र खबर
१४ बैशाख २०८२

जगजित प्र.पाण्डे–
सर्लाही १४ बैशाख । सर्लाहीको बिष्णु गा.पा. वार्ड नं. ३ मधुवन गोठ पासवान टोलमा धारिलो हत्यार प्रयोग गरि महिलाको हत्या भएको छ ।

 

आज बिहान सबा ९ बजेको समयमा स्थानीय गजेन्द्र पासवानको ३६ वर्षिय श्रीमती रिना पासवानको हत्या भएको प्रहरीले जनाएको छ ।

 

मृतक रिना देवी पासवानका जेठाजु ४५ वर्षिय साहेब पासवानले रिसको आवेगमा आएर धारिलो हत्यार प्रयोग गरि रिनाको हत्या गरेको स्थानीयले बताएपछि हत्याको आरोपि जेठानलाई प्रहरीले तत्काल पक्राउ गरि हिरासतमा लिएको छ ।

 

मृतक पासवानको श्रीमान १ वर्ष देखि रोजगारीको लागि भारतको राजधानी दिल्लीमा बस्दै आएको छ ।

 

घटना कसरी भयो यस सम्बन्धी थप जानकारी केहि बेरमा आउने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

मृतक पासवानको २ वटा छोरा र २ वटा छोरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: