
लोकतन्त्र समाचारदाता
धनुषा १३ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश धनुसा जिल्ला मिथिला नगरपालिका वडा नम्बर १० को अधिवेशन शनिवार भव्यताका साथ सर्वसम्मतिमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्षता मिथिला नगरपालिका नगर समितिका अध्यक्ष विजय शाहले गर्नुभएको थियो भने प्रमुख उपस्थितिको रुपमा केन्द्रीय सदस्य नन्दन यादव केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभापति इन्जिनियर तपेश्वर यादव धनुषा जिल्ला अध्यक्ष लक्ष्मीश्वर यादव महोत्तरी जिल्ला अध्यक्ष शुभम कुमार यादवको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश सभाका अधिकारी गोपाल श्रेष्ठ धुर्व शाह र छिमेकी नगरपालिकाका नगर सभापतिहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा पूर्व एसपी नरेन्द्र कार्की पनि शुभकामना सन्देश राख्नुभएको थियो ।
साथसाथै सयौं सङ्ख्यामा एमाले कांग्रेस परित्याग गरी रासपामा प्रवेश गर्ने युवाहरूको लहर देखिएको थियो । कार्यक्रममा मधेस प्रदेश सभापति तपेश्वर यादवले रवि लामिछाने प्रति गरिएको राजनीतिक प्रतिशोधको विषयमा खरो रुपमा ओली सरकारको विरोध गरेका थिए । साथै देशमा प्याप्त बेथिति भ्रष्टाचार र काण्डै काण्डको बारेमा पनि वक्ताहरूले सम्पूर्ण उपस्थित जनसमुदायलाई जानकारी दिनुभयो।