Loktantra Khabar National Weekly
Ad

मलंगवा ग्रिनलैण्डमा अध्ययनरत कक्षा १२ का विद्यार्थीलाई विदाई

लोकतन्त्र खबर
६ बैशाख २०८२

लोकतन्त्र समाचारदाता–
सर्लाही, बैशाख ६ । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा नम्बर –१० स्थित मलंगवा ग्रीन लैण्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालय कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई एक कार्यक्रमका विच विदाई गरेका छन ।

 

विद्यालयका को–अर्डिनेटर जितेन्द्र सिंहको अध्यक्षता तथा मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा विदाई कार्यक्रम सम्पन्न भएको हो । सनिवार विद्यालय परिसरमा आयोजित विदाई समारोहमा प्रमुख अतिथि मेयर यादवले बिदा हुँदै गरेका कक्षा १२ का विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै उपहार समेत वितरण गरेका थिए ।

 

विद्यालयका को–अर्डिनेटर जितेन्द्र सिंहले नगर प्रमुख यादव शिक्षा प्रेमी र बिकास प्रेमी नगरप्रमुख रहेको बताउदै प्रशंसा गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका अंग्रेजी शिक्षक प्रेम राय यादवले राख्नु हुदै कक्षा

 

१२ का विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभयो । समारोहमा सेक्सन अफिसर सुरेश दासले ज्ञान र सीपनै जीवनको शतिm र आधारशिला रहेको बताउदै कक्षा १२ का विद्यार्थीहरूको मनोबल बढाउनु भयो । कार्यक्रममा बाल्दै ग्रीन लैण्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालय मलंगवाका संस्थापक प्रिन्सिपल कृपानाथ झाले भने यो बिधालयले वर्षै देखि शिक्षाको ज्योती छर्दै हजारौं छात्रछात्राहरुको भविष्य निमार्ण गरेको हो ।

 

शिक्षाको पावरबाटनै सफलता पाउने हुनाले मेहनत र लगनले पढनलाई बिधार्थीहरुलाई प्रिन्सिपल कृपानाथ झाले प्रेरित गर्नुभयो । पत्रकार बख्तियार अली लगायत शिक्षक र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्: