Loktantra Khabar National Weekly
Ad

६ चोटी लोकसेवा परिक्षा पास हुने मिश्र सम्मानित

लोकतन्त्र खबर
२२ चैत्र २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही २३ चैत्र । सर्लाहीका गोडैता नगरपालिका निवासी विवेक मिश्र १ वर्षको अन्तरालमा लोकसेवाको लागि दिएको ६ वटा परिक्षा पास गरेर इतिहास बनाउन सफल भएकोमा निजलाई शनिवार एक कार्यक्रमका बिच सम्मानित गरिएको छ ।

 

गोडैता नगरपालिका वार्ड नं. ८ बस्ने विनोद कुमार मिश्रको २१ वर्षिय छोरा विवेक मिश्रले आर्थिक वर्ष ०८१र०८२ मा लोक सेवाको लागि दिएको ६ वटा परिक्षामा नाम सिफरिस गराउन सफल भएकोले मिश्रलाई सम्मानित गरिएको हो ।

 

सफलता कोचिंग सेन्टर मलंगवाका संचालिका गीता आचार्य तथा सोही कोचिंग सेन्टरका प्रशिक्षक सुरेश प्रसाद दास लगायत नेपाल पत्रकार महासंघ शाखा सर्लाहीका पुर्व जिल्ला अध्यक्ष बिश्वनाथ ठाकुर, उपाध्यक्ष बखतियार अलि, सचिव शुनिल ठाकुर, एनजिओकर्मी बिरेन्द्र गुप्ता र स्थानीय गणमान्य महानुभावहरुको उपस्थितिमा कदर–पत्र सहित मिश्रलाई सम्मानित गरिएको छ ।

 

सफलता कोचिंग सेन्टरबाट लोकसेवाको अध्यण शुरु गरेका विवेश मिश्रले १ वर्षमा लोकसेवाको आफनो लगन र मेहनतबाट ६ वटा परिक्षामा नाम सिफरिस गराएर सर्लाही जिल्ला सहित सफलता कोचिंग सेन्टरको नाम देश भरिमा चिनाउन सफल भएकोमा उनलाई थप उर्जा र हौसला बढाउन मदत पुगोस भन्दै मिश्रलाई कदर सहित सम्मानित गरिएको प्रशिक्षक दासले बताउनु भयो ।

 

कार्यक्रममा उपस्थित व्यतिmहरुले मिश्रले प्राप्त गरेको सफलताको चर्चा गर्दै उनको सबैले प्रशंसा गरेको थियो । सम्मान कार्यक्रममा बिबेक मिश्रका बुबा विनोद मिश्र तथा आमालाई पनि दोसल्ला ओढाई सम्मानित गरिएको हो ।

 

विवेक मिश्र जसता बिधार्थी लोकसेवा दिदै आएको अरु बिधार्थीहरुको लागि समेत प्रेरणाको श्रोत रहेको कार्यक्रममा उपस्थित महानुभावहरुको भनाई थियो ।

 

सम्मानित भएका विवेक मिश्रले सफलता कोचिंग सेन्टरलाई धन्यवाद दिदै लोकसेवा परिक्षाको तयारी गरिरहेका बिधार्थीहरुलाई भने मेहनत र लगनशिलताका साथ प्रयास गरियो भने लोकसेवाको परिक्षामा सफलता हासिल गर्न सकिन्छ ।

 

परिक्षामा नाम सिफरिस नभएपछि हतास भएर परिक्षा दिन बन्द गर्नु हुदैन । बरु अझ मेहनतका साथ पढाई गरेर अर्को परिक्षाको तयारी गर्नुपर्छ ।

 

सच्चा मन, वचन र कर्मले मेहनतका साथ पढाई गरे एकदिन आवश्य पनि सफल भईन्छ मिश्रको कथन थियो । जति चोटी लोकसेवाको परिक्षामा फेल भए पुन तेतिनै मेहनत र कसरतले प्रयास गरे ठुलो अनुभवका साथ लोकसेवा पास भईन्छ ।

 

यो कुरालाई आत्मसाथ गर्दै अगाडी बढे आवश्यनै सफलता पाउन सकिने मिश्रको भनाई थियो । एक र दुई चोटी नाम सिफारिस नभएपछि हतास खानु हुदैन ।

 

निरन्तरको प्रयासले सफल हुने मिश्रले बिश्वासका साथ दाबी गर्दै लोकसेवाको तयारी गरिरहेका बिधार्थीहरुको मनोबल बढाउदै बताउनु भयो । असफलतानै सफलताको कुंजी हो, यो कुरा हामि सबैले बुझनु पर्ने कुरामा मिश्रले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्: