Loktantra Khabar National Weekly
Ad

सर्लाहीका पानी उद्योगमा छैनन् प्रयोगशाला

लोकतन्त्र खबर
२१ चैत्र २०८१

बबिता धामी–
सर्लाही २२ चैत्र । सर्लाहीका पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका अनुसार सर्लाहीमा सञ्चालित अधिकांस पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएको हो । तत्काल प्रयोगशाला सञ्चालनमा ल्याउन निर्देशन दिएको कार्यालयले बताए ।

 

‘हामीले जिल्लाका सबै पानी उत्पादन तथा प्रशोधन उद्योगको अनुगमन ग¥यौं,’ उनले भने, ‘तत्काल प्रयोगशाला सञ्चालन गरेर प्रमाणसहित कार्यालयमा जानकारी दिन भनेका छौं ।’ कार्यालयले दिएको जानकारी अनुसार प्रयोगशाला नहुँदा उपभोक्ता अशुद्ध पानी पिउन बाध्य छन् । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका–२०७४ अनुसार प्रयोगशालाको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

 

प्रयोगशाला नराखेको सन्दर्भमा प्रत्येक महिनामा एक पटक प्रशोधित तथा अप्रशोधित पानीको भौतिक तथा रसायनिक विश्लेषण मान्यता प्राप्त प्रयोगशालाबाट गराउनुपर्ने कुरा उल्लेख छ । तर, यसमा पानी उद्योगले ख्याल नगरेको उनको भनाइ छ ।

 

‘उद्योगहरुले ‘आरो मेसिन’बाट पानी प्रशोधन गरेर सिधै बजार पठाउने गरेका छन् । तर, उपकरणमा केही समस्या आएमा त्यो पानी शुद्ध छ की छैन, भनेर प्रयोगशालामा मात्रै परीक्षण गरेर बजार पठाउनुपर्ने भए पनि त्यसो हुन सकेको छैन’, जिल्लामा हाल ६ देखि ७ पानी उद्योग सञ्चालनमा छन् । अधिकांसमा प्रयोगशाला छैन । ती सबै उद्योगलाई प्रयोगशालाको व्यवस्था गर्न लिखित निर्देशन दिइएको कार्यालयले बताए पनि हाल सम्म सर्लाहीका पानी उधोगहरुले अटेरी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: