Loktantra Khabar National Weekly
Ad

प्रमोद साहको माओवादीमा प्रवेश संगै सर्लाही जिल्ला माओवादीमय हुनेछ– प्रचण्ड

लोकतन्त्र खबर
२३ फाल्गुन २०८१

नेकपा माओवादी केन्द्रद्वारा आयोजित तराई–मधेश यात्रा अभियान अन्तर्गत शुक्रवार सर्लाहीको सदरमुकाम मलंगवामा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले भने सर्लाहीका चर्चित नेता पुर्व माननीय प्रमोद साह माओवादीमा प्रवेश गर्दा पार्टीलाई ठुलो उपलब्धि भएको छ ।

 

आउने दिनमा सर्लाही जिल्लाको जिम्मेवारी पार्टीले युवाको काधमा दिने छन । प्रमोद साहको आगमनले सर्लाही जिल्ला माओवादीमय हुने वहाले जिकिर गर्नुभयो । जसपा छाडेर माओवादी प्रवेश गरेका पुर्व माननीय प्रमोद साह बताउनु हुन्छ ।

 

ठुलो समय मधेशवादी दलमा बसेर जनताको सेवा गरे तर मधेशको मुद्धा स्थापित गराउन सकिएन । पटक–पटक हुलाकी सडक बनाउन आवाज उठाए पनि सडक अहिले सम्म निमार्ण हुन सकेन । मधेशवादी दलहरु शतmा लिप्सामा लागेर मधेशी जनतालाई धोका दिएकाले आफु माओवादीमा प्रवेश गरेको साहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्: