Loktantra Khabar National Weekly
Ad

रास्वपाको मलंगवा नगरकमिटि सभापतिमा राय चयन

लोकतन्त्र खबर
१७ फाल्गुन २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीको मलंगवा नगर कमिटि बिस्तार गरिएको छ । सदरमुकाम मलंगवाको जानकी पार्टी पैलेसमा भएको नगर भेलाबाट ११ सदस्य नगर कमिटि बिस्तार भएको जिल्ला सभापति सरोज बानियाले जनाएको छ । मलंगवा नगर सभापतिमा सर्वसहमतिले सर्वनारायण राय चयन भएको हो ।

 

त्यस्तै उपसभापतिमा रिशेन राय, सचिवमा राघवेन्द्र प्रसाद सिंह, कोषाअध्यक्षमा मनोज राउत चयन भएको पार्टीले जनाएको छ । सदस्यहरुमा क्रमश– संतोष राय यादव, गणेश प्रसाद चौधरी, अमरनाथ साह, राजिव कुमार झा, गोविन्द कुमार चौधरी र विजय महतो चयन भएको छ ।

 

कार्यक्रम प्रदेश कोषाध्यक्ष चन्दन साह तेलीको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । प्रदेश सदस्यहरु जयकरण महतो, संजिव राय, कमलेश साह, चन्दन सिंह लगायत जिल्ला कमिटि, नगरकमिटिका नेता कार्यकर्ताहरुको मलंगवा नगरकमिटि बिस्तार कार्यक्रममा सहभागिता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्: