Loktantra Khabar National Weekly
Ad

बागमती नगरपालिकामा रास्वपाको वडाअधिवेशन सम्पन्न

लोकतन्त्र खबर
१७ फाल्गुन २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही १७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी सर्लाहीको बागमती नगरपालिकामा वाड नं. ६ र १० मा सर्लाही जिल्लाकै पहिलो वडा अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी बागमती नगर समिति सभापति पुष्कर राज रोक्काको सभापतित्व सम्पन्न भएको कार्यक्रममा रास्वपाका सर्लाही जिल्ला सभापति सरोज बानियाँ प्रमुख अतिथि एबं प्रदेश सदस्य युवा नेता डा. ईन्द्रजित प्रसाद महतो बिशिष्ट अतिथीको रुपमा सहभागिता जनाएका थिए ।

 

सर्लाही जिल्लामा अब घण्टी बज्न सुरु भई सकेकोले नीति सिद्धान्त तथा भ्रष्टाचारमा लिप्त भएका हरुको दिन अब सक्किएको जिल्ला सभापति बानियाले बताउदै २०८४ मा सर्लाही जिल्ला घण्टीमय हुने सभापति बानियाँले बताउनु भयो ।

 

वडा अधिवेशनबाट वडा नं ६ मा डिल बहादुर योन्जनको नेतृत्वमा ११ सदस्य वडा कमिटी गठन भएको छ, भने वडा नं १० मा जित प्रसाद हुमागाईको अध्यक्षतामा ११ सदस्य वडा समिती बिस्तार गरिएको पार्टीका युवा नेता डा. ईन्द्रजित प्रसाद महतोले लोकतन्त्रलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्: