
लोकतन्त्र समाचारदाता–
सर्लाही २८ माघ । भारतीय प्रहरी सीमा सुरक्षा बल ssb को कुटपिटबाट बिष्णु गाँउपालिका वार्ड नं. ५ बस्ने राजिव पंडित घाईते भएको छ ।
आज बिहान बिष्णु गाँउपालिकाको फेन्हारा स्थित बोर्डरमा रहेको आफनो खेतमा घुम्न जादा दशगजा क्षेत्रको गस्तीमा खटेर बसेका भारतीय प्रहरी सीमा सुरक्षा बल ssb का जवानहरुले अनाहकमा तिमि बोर्डरमा किन आएको भन्दै अथानाम कुटपिट गरेको छ ।
एसएसबीको कुटपिटबाट निज पंडितको बाया खुटटा भाचेको छ । घाईते पंडितको उपचार प्रादेशिक असपताल मलंगवामा भईरहेको निजका आफन्तहरुले बताए ।
केहि दिन देखि बिष्णु गाँउपालिकाको फेन्हारा स्थित बोर्डरमा भारतीय प्रहरी एसएसबीले नेपालीहरु आफनो खेतखलिहान घुम्न जादा वा कुनै काम बिषेशले भारतमा जानु पर्दा दशगजा क्षेत्रमा गाली बेईज्ती गर्ने केहि बोलियो कि कुटपिट समेत गर्न थालेपछि यस भेगका जनतामा आतंक श्रृजना भएको छ ।
यस सम्बन्धमा नेपाली प्रहरीलाई जानकारी गराएपनि केहि पनि नगरेको स्थानीय कपिलदेव रायले भने । भारतीय प्रहरी एसएसबीको ज्यादती बढेपछि स्थानीयहरु दशगजा क्षेत्रमा जानलाई समेत डराउन थालेको सोही ठाउ बस्ने रामप्रसाद यादवले लोकतन्त्रलाई जनाएको छ ।