
अजमल मिकरानी
सर्लाही १२ मंसिर । सर्लाहीको कौडेना गाँउपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तार गरिएको छ । अरविन्द कुमार यादवको अध्यक्षतामा ११ सदस्य गाँउपालिका कमिटि गठन भएको पार्टीका जिल्ला सभापती सरोज वानियाले जनाएको छ ।
बानियाका अनुसार कौडेना गा.पा.को अध्यक्षमा अरविन्द कुमार यादव सर्वसहमतीले चयन भएको छ । त्यस्तै उपाध्यक्षमा विजय राय यादव, सचिवमा रुपेन्द्र राय चयन भएको बानियाले बताउनु भयो ।त्यस्तै दिपेन्द्र यादव कोषाध्यक्षमा चयन भएका छन, भने सदस्यहरुमा क्रमश रामजी महतो, मोती साह, तुलसी ठाकुर, संजिव यादव र दिव्यआशा कुमारी साह चयन भएको हो ।
पालिका कमिटिका सम्पुर्ण पदाअधिकारीहरुलाई जिल्ला सभापती सरोज बानिया र प्रदेश कोषाध्यक्ष चन्दन साहले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कौडेना गाँउपालिका कमिटि गठन र प्रथम गाउसभामा ५ सय भन्दा बढि स्थानीयहरुको उपस्थिती रहेको थियो । संगठन बिस्तार कार्यक्रम रास्वपाका मधेश प्रदेश कोषाध्यक्ष चन्दन साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रदेश सदस्य संजिव यादवले भने फागुन महिना भित्रमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका, ब्रह्म्पुरी गाउपालिका र गोडैता नगरपालिकामा पनि रास्वपाको कमिटी बिस्तार गरिने बताउनु भयो । जसको लागि प्रदेश र जिल्ला कमिटी सर्लाही कृयाशिल भएको यादवको भनाई छ ।
८४ को चुनाबमा रास्वपाले सर्लाहीमा सबै क्षेत्र पालिका र वडाहरुमा आफनो उम्मेदवारलाई बहुमत सहित विजयी गराउने दुरगामी लक्षय अनुसार (मिसन सर्लाही जिरो ८४) नामकरण गरेर संगठन निर्माणको कामलाई द्रुतगतीमा अगाडी बढाउने काम भईरहेको जिल्ला सभापती बानियाको भनाई छ ।