Loktantra Khabar National Weekly
Ad

एम्बुलेन्सको ठक्करबाट चौधरी गंम्भिर घाईते

लोकतन्त्र खबर
१० माघ २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही १० माघ । एम्बुलेन्सको ठक्करबाट कौडेना गाँउपालिका वार्ड नं.३ बस्ने मदन चौधरी गंम्भिर घाईते भएको छ ।

 

हिजो बिहान ८ बजेको समयमा कौडेना बजारबाट भारतीय BR 30L 4007 नम्बर भएको सुपर एसपलेन्डरमोटरसाईकलमा बाट कौडेना बजारबाट आफनो घर तर्फ जादै गर्दा पछाडीबाट मधेश प्रदेश ०३–००१ झ ००७८ नम्बर भएको एम्बुलेन्सले ठक्कर दिदा चौधरीको दाहिने खुटटा पुर्ण रुपमा भाचेको छ ।

 

टाउकोमा गंम्भिर चोट लागेको चौधरीको प्रारम्भिक उपचार प्रादेशिक असपताल मलंगवामा गरिएको थियो । थप उपचारका लागि चौधरीलाई काठमान्डौं रेफर गरिएको निजका छोरा अमित चौधरीले बताएको छ । ठक्कर दिने एम्बुलेन्सको चालक फरार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्: