Loktantra Khabar National Weekly
Ad

शितलहर सुरु, चहलपहल घट्यो

लोकतन्त्र खबर
२५ पुष २०८१

लोकतन्त्र समाचारदाता-
सर्लाही,पुस २५
केहि दिनदेखि मौसममा आएको परिवर्तनले सर्लाही सहित सम्पूर्ण तराईमा चिसो बढेको छ । चिसो हावा र बाक्लो हुस्सुसँगै दिनभरी लाग्ने कुहिरोका कारण घाम लाग्न छाडेपछि चिसो बढेको हो ।
कुहिरोसँगै दिनभर चल्ने चिसो हावाले गर्दा मानिसहरु घरबाहिर निस्कन छाडेका छन् । बजारमा मानिसहरुको चलहपहल पनि कम भएको छ । बजारमा मात्र नभइ सधैंजसो भिडभाड हुने सरकारी कार्यालयहरुमा समेत सेवाग्रहीहरु आउन छाडेका छन् । प्रायःजसो बिहानै खुल्ने पसल तथा बजारहरु पनि ढिलो गरी खुलिरहेका छन भने साँझ पख पनि बजारहरु चाँडैनै सुनसान हुन थालेका छन ।
यतिबेला बजारमा ज्याकेट र न्यानो कपडाहरुको बिक्री ह्वात्तै बढेको छ। चिसो अझ बढ्न सक्ने अनुमानका साथ मानिसहरुले न्यानो कपडाहरुको जोहो गर्न थालेका छन् ।
बाक्लो हुस्सुका कारण पूर्व(पश्चिम राजमार्गमा यातायात पनि प्रभावित भएको छ । बाक्लो हुस्सुले गर्दा भिजिविलिटी कम हुँदा सवारी साधनहरु कम गतिमा बत्ती बालेर गुड्न बाध्य छन । बाक्लो कारण यातायातका साधनहरु दुर्घटना हुने सम्भावना बढेकाले आवश्यक सावधानी अपनाउन जिल्ला ट्राफिक कार्यालय नवलपुरले अनुरोध गरेको छ भने चिकित्सकहरुले पनि चिसोबाट जोगिन तथा बालबालिका र वृद्धबृद्धाको विषेश ध्यान दिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: