Loktantra Khabar National Weekly
Ad

५० प्रतिशत राजस्व दिने मधेशलाई सबै भन्दा कम बजेट–मुख्यमन्त्री सिंह

लोकतन्त्र खबर
१२ पुष २०८१

बखतियार अलि–
सर्लाही १२ पुष । देशको कुल राजस्वको ५० प्रतिशत कर मधेश प्रदेशबाट उठेपनि सातै प्रदेशमा सबै भन्दा कम बजेट राज्यले मधेश प्रदेशलाई दिने गरेको मुख्यमन्त्री सतिश कुमार सिंहले बताउनु भएको छ ।

 

केन्द्र सरकारले उपलब्ध गराउने बजेटबाट सरकार चलाउन समस्या भएको मुख्यमन्त्री सिंहले बताउनु भयो । प्रादेशिक असपताल सर्लाहीको नवनिर्मित आकस्मिक भवनको रिबन काटेर उदघाटन गर्दै वहाले यो कुरा बताउनु भएको हो ।

 

आ.व. ०८०।२०८१ मा प्रदेश स्वास्थ्य मन्त्रालयको बजेट ६ अर्ब रहेको थियो । चालु आ. व. मा सो बजेट घटेर ५ अर्बमा झरेको छ । चालु आ.व. मा संघ सरकारले उपलब्ध गराएको बजेटबाट स्वास्थ्यकर्मीको तलब र औषधी खरिद कार्य अनि ईन्धनमा समेत अपुग हुने अवस्था छ ।

 

यसरी बजेट घटदै जादा आमजनताको अपेक्षा अनुसार काम गर्न समस्या हुने मुख्यमन्त्री सिंहको भनाई थियो । आकस्मिक भवनको उदघाटन कार्यक्रममा मधेश प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह बिशिष्ठ अतिथिको रुपमा कार्यक्रममा उपस्थित रहनु भएको थियो ।

 

स्वास्थ तथा जनसंख्या मन्त्री सिंहले स्वास्थ्य बिमा कार्यक्रमलाई शतप्रतिशत कायम गर्ने नीति अनुसार प्रदेश सरकार काम गरिरहेको बताउनु भयो । वहाले थप्दै भने चिकित्सक भनेको भगवानको अर्को रुप हो ।

 

असपतालमा सेवा लिन आउने सेवाग्राहीलाई उच्च चेतनाका साथ सेवा प्रवाहमा जोड दिन चिकित्सकहरुलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिती सर्लाहीका प्रमुख कौशल सिंह, उपप्रमुख जितेन्द्र कुशवाहा लगायतका व्यतिmहरुले मन्तव्य राखनु भएको थियो ।

 

प्रादेशिक असपताल सर्लाहीका व्यवस्थापन समिति अध्यक्ष सतिश कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा असपतालका कर्मचारी, स्थानीय जनप्रतिनिधी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्: