Loktantra Khabar National Weekly
Ad

सागरनाथ बन विकास परियोजनाको सरकारी गाडीको खुलेआम दुरुपयोग

लोकतन्त्र खबर
५ पुष २०८१

मनोज यादव-
सर्लाही,पुस ५
सागरनाथ बन बिकास परियोजनाको गाडी सार्वजनिक बिदाको दिन पनि चलाइएको भेटिएको छ। सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ । परियोजनाको बा १ झ ७२०३ नम्बरको सरकारी जिप मंसिर २९ गते शनिबार र मंसिर ३० गते आइतबार उघौली पर्वमा दिइएको सार्वजनिक बिदाको दिन प्रयोग भएको भेटिएको हो ।

 

२९ गते शनिबार सार्वजनिक बिदाको दिन निमीत्त कार्यालय प्रमूख रेन्जर बिधा सागर कर्ण,जिबन पौडेल,सूरेन्द्र जोसी, अम्बर बाहादुर चन्द लगायतका कर्मचारिहरु सो नम्बरको जिप लिएर लक्ष्मीनियामा रहेको लक्ष्मीनिया रेन्ज युनिटमा रात्री कालीन भोजमा सरिक हून गएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले जंगलको बाटोमा ट्राफिक चेकजाँच गर्ने क्रममा बर्दिवास गइरहेको अवस्थामा बिदाको दिन गाडी चलाउन पाउने अनुमती पत्र नभएको अवस्थामा उक्त सरकारी गाडी फेला पारेका थिए।गाडीमा सबार कर्मचारीहरुले एकपटकलाई माफ गरिदिनु पर्यो भन्दै हारगुहार गरेपछि ट्राफिक प्रहरी महोत्तरीका ट्राफिक प्रहरी प्रमूख लक्ष्मीराज जोसीले करिब १ घन्टा पछि एकपटकलाई माफी दियौं अब फेरी पनि बिदाको दिन बिना अनुमती पत्रको यसरी गाडी चलाएको देखेपछि गाडी नियन्त्रणमा लिन बाध्य हुनेछौं भनि चेतावनी दिएर गाडी छोडेको ट्राफिक प्रहरी प्रमूख जोसीले बताए ।

सो दिन राती सो क्षेत्रका स्थानिय ठेकेदारले रात्री भोजको आयोजना गरेको बुझिएको छ।
परियोजनाका कर्मचारीहरु काठ तस्करहरु सँग बसेर भोज खाने र तिनै तस्करलाई परियोजनाको काठ बेच्ने गरेको सागरनाथका स्थानीयहरु बताउँछन । उनिहरुकै कारण परियोजनाका रुखहरु दिनदिनै सखाप हूदै गएको स्थानीयहरुले बताए।

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र सबारि साधन चलाउन पाइन्छ । तर, यो नियमको सागरनाथ बन बिकास परियोजनामा पालना भएको पाइँदैन ।
नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन समेत सवारी साधनको दुरुपयोग गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्: