Loktantra Khabar National Weekly
Ad

विराट शिव गुरु महोत्सवमा हजारौं शिवभक्तहरुको भिड

लोकतन्त्र खबर
३० मंसिर २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,मंसिर ३०
सर्लाहीको सदरमुकाम मलंगवामा शनिवार सम्पन्न भएको विराट शिवगुरु महोत्सवमा हजारौं महिला तथा पुरुष शिवभक्तहरुको भिड देखिएको थियो। मलंगवा नगरपालिका वडा न-१० स्थित तीन बिधे मैदानमा शिव गरु हरिन्द्रानन्द फाउण्डेशन सर्लाहीले आयोजना गरेको महोत्सवमा नेपाल र भारतका हजारौं शिव शिष्यहरुको सहभागिता रहेको थियो।
उक्त महोत्सवमा सहभागी भएकाहरुलाई शिब नाम संकिर्तन र महोत्सवको उदेश्यको बारेमा जानकारी गराइएका थिए।भगवान शिवको नामको जपबाट धन,धान्य, ऐश्वर्य ,सन्तान आदीको प्राप्ति हुने भएकोले भित्री मनबाट शिवगुरुको नाम जप्न महोत्सवका प्रमुख बक्ता दिदी बरखा आनन्दले बताएका थिए।
शिव शिष्य साहब हरिन्द्रानन्दले सन् 1974 मा शिवलाई आफ्नो गरु मानेका थिए।1980 को दशकसम्म आइपुग्दा शिव शिष्यताको अवधारणा भारतको विभिन्न भुभागमा व्यापक रुपमा फैलिसकेको छ। हरिन्द्रानन्द र उनकी  घर्मपत्नी निलम आनन्द द्वरा जाती,धर्म,लिंग,वर्ण ,साम्प्रदाय आदी बाट पर मानव मात्रको भगवान शिवगुरु भएकोले उहाँसँग जुड्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्: