Loktantra Khabar National Weekly
Ad

गाँउपालिका प्रत्यासी सहित हजारौंको संख्यामा नेपाली कांग्रेसमा प्रवेश

लोकतन्त्र खबर
१७ मंसिर २०८१

बखतियार अलि–
सर्लाही १७ मंसिर । सर्लाहीको रामनगर गाँउपालिकाद्धारा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा गाँउपालिका प्रत्यासी राहुल वर्मा, विष्ण यादव र लिलादेवी मिश्र सहित हजारौंको संख्यामा लोसपा र माओवादी पार्टी परित्याग गरि स्थानीय जनताहरु नेपाली कांग्रेसमा प्रवेश गरेको जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहले बताएको छ ।

 

पुर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधी तथा पार्टीका केन्द्रिय नेता एमपी साउदले नवप्रवेशी हजारौं जनताहरुलाई फुलमाला अबिर लगाएर स्वागत गरेको बताएको छ । विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको हजारौं स्थानीय जनताहरुको लर्को देखेर कांग्रेस पार्टीका नेता कार्यकर्ताहरुको मनोबल बढेको सर्लाही जिल्ला सभापती सुरेन्द्र प्रसाद सिंहले भने ।

 

उनले थप्दै भने सर्लाहीको पुर्वमा पर्ने बलरा नगरपालिका, रामनगर गाँउपालिका र धनकौल गाँउपालिका आउने केहि समयमै नेपाली कांग्रेसको गढ बन्ने बिश्वास व्यतm गरे । रामनगर गाँउपालिकाको वार्ड नं.३ खैर्वा बजारमा भएको वृहत पार्टी प्रवेश कार्यक्रममा मधेश प्रदेशका यातायात मन्त्री माननीय कौशल किशोर राय, प्रदेश सभासदस्य माननीय जंगीलाल राय,

 

पुर्व मन्त्री तथा प्रदेशसभा सदस्य बिरेन्द्र प्रसाद सिंह, धनकौल गाँउपालिकाका अध्यक्ष रामआश्रय साह, पुर्व माननीय शम्भुलाल श्रेष्ठ, मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादव, नेपाली कांग्रेस जिल्ला उपसभापति डा. सरोज यादव लगायत नेपाली कांग्रेसका दर्जनौ नेताहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।

 

पार्टी प्रवेश कार्यक्रममा ठुलो संख्यामा स्थानीयहरुको उपस्थिती देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्: