लोकतन्त्र समाचारदातां
सर्लाही,मंसिर ८
स्पष्ट अन्तर्राष्ट्रियको समर्थन तथा पहिचान नेपालको समन्वयमा ब्लु डायमण्ड सोसाइटी नेपाल द्वारा सर्लाहीको सदरमुकाम मलंगवामा ीन्द्यत्क्ष्त्तं व्यक्तिहरुको लागि प्रदेश सरकार सँग नितिगत संवाद गरिएको छ।
शुक्रवार मलंगवा स्थित महेन्द्र होटलमा आयोजित उक्त कार्यक्रममा नेपालमा समयौनिक महिला,समयौनिक पुरुष,दियौनिक व्यक्ति,पारलैङ्गिक व्यक्ति,अन्तरलिङ्गी व्यक्ति,क्वयेर ९ ीन्द्यत्क्ष्त्त ं० व्यक्तिहरु विरुद्ध हुने भेदभाव र हिंसाको सम्बोधन गर्नका लागि सरोकारवाला निकायहरुसँग नितिगत संवाद गरि ीन्द्यत्क्ष्त्तं व्यक्तिहरुको समस्या र आईपर्ने चुनौतीहरु बारे चर्चा गरिएको छ।
कार्यक्रममा ब्लु डायमण्ड सोसाइटी नेपालका कार्यक्रम व्यवस्थापक भुमिका श्रेष्ठले विगतका केही वर्षदेखि यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको अधिकारको क्षेत्र र कानुनी सुधारका पक्षमा उल्लेखनीय उपलब्धिहरु भएपनि ीन्द्यत्क्ष्त्त ं व्यक्तिहरुले भोग्नुपर्ने लालच्छना , विभेद र हिसां नेपालमा अझै पनि ब्याप्त रहेको कुरा प्रस्तुतिकरण मार्फत जानकारी गराएका थिए। उनले ीन्द्यत्क्ष्त्तं व्यक्तिहरु राज्यका प्राय जसो सबै निकायहरुमा काम गराउन जाँदा भोग्नु पर्ने पिडा र चुनौती बारे बताएका थिए।
यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि सक्रिय अभियानकर्मी एवं ब्लु डायमण्ड सोसाइटी सर्लाहीका जिल्ला संयोजक नगमा खानले ब्लु डायमण्ड सोसाइटीले९निल हिरा समाज० विगत २ दशकदेखि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायहरुको यौन स्वास्थ्य, शिक्षा, मानव अधिकार तथा वकालतको क्षेत्रमा काम गर्दै आएको बताए। उनले समुदायले हरेक क्षेत्रमा आफ्नो लैंगिक पहिचान र यौन विशेषताको कारणले विभेद, लालच्छना तथा हिंसा भोग्दै आइरहनु परेको बताए।नेपालको संविधान २०७२ ले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारलाई सुनिश्चित गरेको भएपनि विद्यमान कानून नीति तथा कार्यक्रम तर्जूमा गर्दा यस समुदायलाई वेवास्ता गर्ने गरिएकोले यस्ता समुदायको मुद्दालाई संघ, प्रदेश र स्थानिय तहमा सम्बोधन गर्नुपर्ने खानले बताए ।
कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी ,यु एन एफ पि ए का बच्चालाल महतो,सेफ हाउसका बनिता कार्की,मानवअधिकार रक्षक संजालका सर्लाही अध्यक्ष मुकेश मिश्र,इनसेक प्रतिनिधि बुधन साह,ब्लु डायमण्ड सोसाइटीको तर्फबाट कार्यक्रम व्यवस्थापक श्रेष्ठ ,सल्लाहकार पिंकी गुरुङ ,वकालत अधिकृत एन्जल लामा,सोसाइटीका सर्लाही संयोजक खान,विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधि र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थिति सहभागीहरुले यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई समान अधिकार दिने प्रतिबद्धता जनाएका थिए।
प्रतिक्रिया दिनुहोस्: