Loktantra Khabar National Weekly
Ad

पर्सा गाउँपालिकामा रास्वपाको संगठन बिस्तार ५ सय बढि पार्टी प्रवेश

लोकतन्त्र खबर
१ मंसिर २०८१

अजमल मिकरानी
सर्लाही ०१ मंसिर । सर्लाहीको पर्सा गाँउपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तार गरिएको छ । राजकिशोर महतोको अध्यक्षतामा ११ सदस्य गाँउपालिका कमिटि गठन भएको पार्टीका नेता संतोष प्रतिहस्तले जनाएको छ । प्रतिहस्तका अनुसार पर्सा गा.पा.को अध्यक्षमा राजकिशोर महतो सर्वसहमतीले चयन भएको छ ।

 

त्यस्तै उपाध्यक्षमा ओमप्रकाश साह, सचिवमा उमेश यादव चयन भएको प्रतिहस्तले बताउनु भयो । चयन भएका पालिका कमिटिका सम्पुर्ण पदाअधिकारीहरुलाई जिल्ला सभापती कमलेश साहले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

 

पर्सा गाँउपालिका कमिटि गठन भएसंगै ५ सय भन्दा बढि स्थानीयहरुले पार्टी प्रवेश गरेको प्रदेश सदस्य जयकरण महतोले बताए । संगठन बिस्तार कार्यक्रम रास्वपाका मधेश प्रदेश कोषाध्यक्ष चन्दन साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 

प्रदेश सदस्य संजिव यादवले भने मंसिर महिना भित्रमा सर्लाही जिल्लाको १५ वटा पालिकाहरुमा रास्वपाको कमिटी बिस्तार हुनेछ । जसको लागि प्रदेश र जिल्ला कमिटी सर्लाही कृयाशिल भएको यादवले बताए ।

 

मधेश प्रदेशमा पार्टी बिस्तारको काममा उल्लेखनीय योगदान पुर्याएर रास्वपालाई मधेश प्रदेशमा स्थापित गरेका रास्वपाका नेता संतोष प्रतिहस्तले भने मंसिर महिना भित्र रास्वपामा १० हजार बढि जनता आवद्ध हुनेछ ।

 

जसका लागि हामिहरु संगठन बिस्तारको कामलाई तिव्रता दिएको प्रतिहस्तको भनाई छ । उनले थप्दै भने चालु आ.व.को असाढमसान्त सम्म जिल्ला भरिमा रास्वपा एउटा बलियो संगठन भएको रुपमा देखा पर्नेछ ।

 

२०८४ को चुनाबलाई लक्षित गरि हामिले संगठन बिस्तार थालेको उनको कथन रहेको छ । ८४ को चुनाबमा रास्वपाले सर्लाहीमा सबै क्षेत्र पालिका र वडाहरुमा आफनो उम्मेदवारलाई बहुमत सहित विजयी गराउने दुरगामी लक्षय अनुसार (मिसन सर्लाही जिरो ८४) नामकरण गरेर हामिले संगठन निर्माणको कामलाई द्रुतगतीमा अगाडी बढाउने काम गरिरहेको प्रतिहस्तको भनाई छ । प्रतिहस्तकै नेतृत्वमा आज पर्सा गा.पा.को कमिटी बिस्तार भएको छ ।

प्रतिक्रिया दिनुहोस्: