Loktantra Khabar National Weekly
Ad

हालसालै लोकसेवाबाट सिफारिस भएका पर्सा गाउँपालिका ३० जना कर्मचारीहरु सम्मानित

लोकतन्त्र खबर
२० कार्तिक २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,कात्तिक २०

सर्लाहीको पर्सा गाउँपालिका घर भइ लोकसेवा आयोगबाट सिफारिस भएर सरकारी सेवामा प्रवेश गरेका ३० जना राष्ट्र सेवक कर्मचारीहरुलाई सम्मान गरिएको छ।

पर्सा गाउँपालिकाको सहयोगमा जन कल्याण समाज नारायणपुरले मंगलबार एक कार्यक्रमको आयोजमा गरि उक्त पालिका अन्तर्गतको ६ वटै वडाबाट हालसालै लोकसेवामा सिफारिस भई विभिन्न जिल्ला ,विभाग तथा पदमा कार्यरत ९ जना महिलासहित ३० जना कर्मचारीहरुलाई कदरपत्र सहित खाँदा ओढाएर सम्मान गरेको हो।

सम्मानित हुने कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिंदै गाउँपालिका अध्यक्ष धिरेन्द्र यादव ‘विस्पत’ले यस किसिमको सम्मान कार्यक्रमले लोकसेवाको तयारी गरिरहेका व्यक्तिहरुको मनोबल बढ्ने बताउनुभयो ।

यसबाट भविष्यमा सरकारी जागिर खाने लक्ष्य लिएर अध्यन गरिरहेका विद्यार्थीहरुमा पनि आफ्नो अभिभावक र समाजलाई केही गरेर देखाउनु पर्छ भन्ने सोंचको विकास हुने उनले बताए।

जन कल्याण समाजका अध्यक्ष नवल किशोर साहको अध्यक्षतामा मावि संग्रामपुरको प्रांगणमा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख नुतन देवी,प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिंङ्ग,विभिन्न वडाका वडाअध्यक्ष,कर्मचारी ,स्थानीयबासीहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्: