
मनोज यादव—- सर्लाही,कात्तिक १४
राष्ट्रिय आवास कम्पनीले सर्लाहीको हरिवन नगरपालिकालाई सोमबार एक कार्यक्रमका बिच १ बिगहा १५ कठ्ठा १५ दशमलव ६२ धुर क्षेत्रफलको सार्वजनिक जग्गा हस्तान्तरण गरेको छ।
कम्पनीले सुखेपोखरी आवास तथा बजार क्षेत्र हरिवन नगरपालिका वडा न-१० को स्वीकृत गुरुयोजनामा छुट्याइएका सार्वजनिक प्लटहरु मध्ये वडा न-६ अन्तर्गतका ८ वटा कित्ता सार्वजनिक प्रयोजनका लागि मात्र प्रयोग र संरक्षण गर्ने गरि नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरिएको उक्त जग्गा पार्क, मन्दिर,सेवा केन्द्र,चौतारा,सार्वजनिक शौचालय,स्वस्थ्य केन्द्र ,साझा संस्था लगायतको प्रयोजनका लागि मात्र प्रयोग गर्न सम्झौता गरि नगरपालिकालाई हस्तान्तरण आवास कम्पनीका सचिव अश्विनी खडकाले बताए ।
प्रदेश सभा सदस्य जवाहर लाल कुशवाहाको प्रमुख आतिथ्यता,जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुशवाहा,विभिन्न राजनीति दलका प्रतिनिधि ,गैरसरकारी संघसंस्थाका प्रतिनिधि ,स्थानीय सरोकारवाला लगायतका अतिथिहरुको उपस्थितिमा राष्ट्रिय आवास कम्पनीका अध्यक्ष संदिप कुमार मिश्रले नगरप्रमुख रमेश बुढाथोकीलाई जग्गाको लालपुर्जा हस्तान्तरण गरेका थिए।