Loktantra Khabar National Weekly
Ad

बाल कल्याण समाज द्वारा अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

लोकतन्त्र खबर
१२ कार्तिक २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,कात्तिक १२

बाल कल्याण समाज सर्लाहीले विद्यालय बाहिर रहेका बालबालिकाहरुको पढने अधिकार र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ।

आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रम मलंगवा नगरपालिका सहित समाजिक संस्थाहरु जिल्ला समन्वय समिति (SODCC) पर्सा , असमान नेपाल सर्लाही, पिपुल प्रोमोट सेन्टर जनकपुर , बाल संरक्षण संस्था लालबन्दी , ग्रामीण नारी उथानं संघ (RUWA ) हरिपुर, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (NNDSWO ) सर्लाही , नेपाल दलित सेवा समाज मलंगवा , आशिष सामाजिक सेवा नेपाल मलंगवा , महिला पुनर्स्थापना केन्द्र (WOREC ) सर्लाही , अनौपचारिक क्षेत्र सेवा केन्द्र (INSEC ) सर्लाही, सामाजिक विकास केन्द्र ( SDC) नेपाल मलंगवा , शिक्षाको लागि राष्ट्रिय अभियान नेपाल ( NCE Nepal) सर्लाही , नगर अपाङ्ग सरोकार समुह मलंगवा , संरक्षण नेपाल कलैया बारा , चेतना बचत तथा ऋण सहकारी संस्था लमिटेड, चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र ज्ञानोदय माध्यमिक विद्यालय मलंगवाको सह-आयोजनामा सम्पन्न भएको हो।

सुन्दर श्याम रायको अध्यक्षता, सामाजिक अभियन्ता सरोज रायको प्रमुख आतिथयता र जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको विशिष्ट आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्थित विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी अभिभाबक , सह-आयोजक तथा अन्य संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि, अधिकारकर्मी , बुद्धिजीवी, शिक्षाप्रेमी, नागरिक समाज,सर्वसाधारण ,पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

शिक्षा पाउने सबै बालबालिकाहरुको नैसर्गिक अधिकार रहेकोले कुनै पनि बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित राख्न नहुने भएपनि देशभरिमा विद्यालय जाने उमेरका हजारौं धेरै बालबालिकाहरु विभिन्न कारणले विद्यालय जानबाट बन्चित भएका छन् ।

ती बालबालिकाहरुलाई विद्यालयमा झिकाउन र टीकाउनका लागि सरोकारवालाहरुको ध्यानाकर्षण गराउन साथै सम्पूर्ण सरोकारवालाहरुलाई एकै ठाउँमा भेला गराएर आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको अवसरमा एक अर्कालाई शुभकामना आदानप्रदान गरी आपसी प्रेम र भाइचारालाई अझ बढी प्रगाढ बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष रायले जनाएका छन् ।

यसै अवसरमा आयोजक संस्थाले प्रमुख अतिथि सहित यस संस्थाले गर्दै आएको सामाजिक अभियानमा विभिन्न माध्यमबाट सहयोग पुर्याउँदै आएका कार्यक्रमका सह-आयोजक संस्थाहरुलाई कदरपत्र द्वारा सम्मान समेत गरेका थिए।

मलंगवा-८ स्थित होटल कुसुम पैलेसमा आयोजना भएको कार्यक्रमको संचालन शिक्षक तथा मैथली गायक सन्तोष कर्णले गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्: