लोकतन्त्र समाचारदाता— सर्लाही,कात्तिक १२
सर्लाहीको गोडैता नगरपालिकाका सयौं ब्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस नगर कार्यसमिति गोडैता न.पा वडा न-७ ले आइतवार आयोजना गरेको दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा सो पालिकाको वडा न २,७ र ११ का तीनसय भन्दा बढी ब्यक्तिहरु विभिन्न पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका हुन।
नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमिति उपसभापति एवं पुर्व मन्त्री विरेन्द्र सिंहको प्रमुख आतिथ्यतामा तथा नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति सुरेन्द्र सिंह,पार्टीका पुर्व सर्लाही जिल्ला सभापति एवं पुर्व मन्त्री नागेन्द्र कुमार राय,मधेस प्रदेश सभा सदस्य जंगिलाल राय,पुर्व मन्त्री शम्भुलाल श्रेष्ठ,जिल्ला समन्वय समिति प्रमुख कौशल किशोर सिंह र पुर्व प्रदेश सभा सदस्य एवं मेयर प्रत्यासी उपेन्द्र प्रसाद कुशवाहाको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नवप्रवेसी पार्टी सदस्यहरुलाई प्रमुख अतिथि लगायत विशिष्ठ अतिथिहरुले संयुक्तरूपमा फुलको माला र रातो टिका लगाएर पार्टीमा स्वागत गरेका थिए।
रासनारायण राउतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बोल्ने प्रमुख वक्ताहरूले केही ब्यक्तिहरुले गरेको अन्तर्घातका कारण गोडैतामा काँग्रेस असफल भएकोले अब आउने २०८४ को स्थानीय तहको चुनावमा गोडैता न.पाको वडादेखि पालिका प्रमुखसम्मको सबै पदमा काँग्रेसकै उमेदवारलाई जिताउन पार्टीको टिकट लिएर चुनावी मैदानमा उत्रिने उमेदवारलाई नै मतदान गर्न उपस्थित जनसमुदायसँग अनुरोध गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले यस किसिमका कार्यक्रमले सम्पुर्ण कांग्रेसीहरुलाई एकै ठाउमा भेला भएर सुख दुःख साटदै सम्बन्ध मजबुत बनाउन सहयोग पुयाउने बताएका छन् ।
चुनावको समयमा नागरिकता सम्बन्धि समस्या समाधानको विषयलाई उठाएर मधेसी जनताहरुलाई भोंट बैंकको रुपमा प्रयोग गर्दै आएका मधेसबादी दलहरुको झुठो आश्वासन अब जनताले बुझिसकेको अर्का बक्ता प्रदेश सभा सदस्य जंगिलाल रायले बताए ।
राजेन्द्र ठाकुर र अजित साहले स्वागत मन्तव्य राखेको कार्यक्रममा राम करण ठाकुर,विनय झा,महिला नेतृ सुभद्रा देवी कुशवाहा,लालबाबु राय लगायतका नेताहरुले सुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको सुभारम्भ पंडितहरुको सामुहिक स्वस्तिवाचन बाट भएको थियो।
गोडैता न.पा को वडा न-७ मा भएको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा वडा, नगर तथा विभिन्न वडा कमिटीका पदाधिकारी,विभिन्न वडाका पुर्व तथा वर्तमान वडाअध्यक्ष,स्थानीय समाजसेवी ,बुद्धिजीवी लगायत स्थानीयबासीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।