Loktantra Khabar National Weekly
Ad

समन्वयको कमिले गर्दा स्वास्थ्य क्षेत्रमा समस्या मन्त्री सिंह

लोकतन्त्र खबर
१ कार्तिक २०८१

बखतियार अलि–
सर्लाही ३० असोज । राज्यमा रहेको तिन तहको सरकार बिच समन्वयको कमिले गर्दा स्वास्थ्य क्षेत्रमा समस्या देखा परेको मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले बताउनु भएको छ ।

मन्त्री सिंहले बुधवार जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुको वार्षिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै यो कुरा बताउनु भएको हो । संघ, प्रदेश र स्थानीय सरकार बिच समन्य सहकार्यको आभावका कारण स्वास्थ्य संस्था र यसमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई समस्या भईरहेको मन्त्री सिंहको भनाई थियो ।

 

आम जनताको आधारभुत आवश्यकतालाई नेपालको संविधानले अधिकार सम्पन्न बनाएपनि तिन तहको सरकार बिच आपसी तालमेलको कमिले स्वास्थ्य जस्तो संवेदनशिल कुराहरुमा लापरवाही भईरहेकोले यस प्रति तिन तहकै सरकार गंभिर हुनुपर्ने मन्त्री सिंहको भनाई थियो ।

 

स्वास्थ्य कार्यालय सर्लाहीको आयोजना तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल सिंहको अध्यक्षतामा बुधवार आर्थिक वर्ष २०८०र०८१ को जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुको समिक्षा गोष्ठीको उदघाटन सम्पन्न भएको छ । कार्यक्रममा प्रादेशिक असपताल मलंगवाका निमित मेडिकल सुपरिन्टेन्डेट डा. सचीन यादवले आफनो प्रस्तुतीमा भने जिल्ला भरिका बिरामीहरुको भार थेगि रहेको प्रादेशिक असपताल मलंगवाको नया भवन बनेपनि सुचारु भएको छैन ।

 

असपतालमा प्राविधिक जनशतिmको आभाव रहेको छ । ऋत्, ःक्ष्च् र क्ष्ऋग् नभएर समस्या भईरहेको वहाले बताए । त्यसतै डायलाइसिस सेवा सुचारु नभएकोले जिल्लाका बिरामीहरुलाई आर्थिक भार गरेर बाहिर उपचार गराउन जानु परेको छ । यावत कुराहरु प्रति मधेश प्रदेश सरकार तथा स्वास्थ्य मन्त्री सिंहको निमित मेडिकल सुपरिन्टेन्डेट डा. ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा सर्लाहीमा रहेका २० वटै पालिकाका स्वास्थ्य संयोजकहरुले सहभागिता जनाएका थिए ।

 

स्वास्थ्य संयोजकहरुको तर्फबाट कुरा राख्दै बसवरिया गाँउपालिकाका स्वास्थ्य संयोजक विजय यादवले भने सबै पालिकाहरुमा बर्थिग सेन्टर संचालनमा रहेपनि स्टाफ नर्सको बहाली छैन । प्राविधिक जनशतिmको आभावले समस्या भईरहेको वहाले गुनासो गर्नुभयो । स्वास्थ्यकर्मीहरुले दिनरात मेहनत गरेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुल्या्रंकनमा सर्लाही जिल्ला राम्रो हुदै गएको सरकारी तथ्यांकमा देखिएको छ ।

 

यधपी संघ तथा प्रदेश सरकारको बेवास्ताका कारण स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुमा समस्या भईरहेको स्वास्थ्य संयोजक यादवले बताउनु भयो । स्वास्थ्यकर्मीहरु फिल्डमा खटेको छ । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई चाहिने आवश्यक सामाग्रीहरु कहिले पनि समयमा आउदैन । बन्दुक बिना स्वास्थ्यकर्मीहरुलाई राज्यले बाघको सिकार गर्न फिल्डमा खटाएको छ ।

 

जसले गर्दा व्यापक समस्या भईरहेको स्वास्थ्य संयोजक यादवले गुनासो पोख्नु भयो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक मृत्युन्जय प्रसाद तथा प्रादेशिक स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डा. संजिव झा लगायत अतिथीहरुले समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै स्वास्थ्य संस्थाहरुलाई हरसम्भव सहयोग गर्न आफुहरु तैयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्: