Loktantra Khabar National Weekly
Ad

बाढी पहिरोमा मृत्यु हुनेको सङ्ख्या २४६ पुग्यो, मधेसका ९ जनाले ज्यान गुमाए

लोकतन्त्र खबर
२१ आश्विन २०८१

वीरगञ्ज । बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या २४६ पुगेको हो ।

नेपाल प्रहरीका अनुसार अहिलेसम्म २४६ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता रहेका छन् । त्यस्तै १७८ जना अझै घाइते रहेका छन् ।

मृत्यु हुनेमा बागमती प्रदेशका १३९ जना रहेका छन्, जसमा काठमाडौँ उपत्यकाका ७० जना रहेका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशका २ जनाको मृत्यु भएको छ भने मधेस प्रदेशबाट ९ जनाको मृत्यु भएको छ । त्यस्तै कोसी प्रदेशबाट २० जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अहिलेसम्म १७ हजार १७४ जनाको उद्धार गरिएको छ । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: