
लोकतन्त्र समाचारदाता— सर्लाही,असाेज-२१
पतञ्जलि योग समिति सर्लाही र पतञ्जली योग नगर समिति मलंगवाले आइतवार साँझ सदरमुकाम मलंगवामा-१० स्थित सहिद चौकमा दीप प्रज्ज्वलन गरेको छ ।
पतञ्जलि योगपीठ नेपालको १८ औ स्थापना दिवसको अवसर पारेर दिप प्रज्वलन गरिएको हो।
कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह, पतञ्जली योग समिति सर्लाही र पतञ्जली योग नगर समिति मलंगवाका पदाधिकारी लगायत स्थानीय नागरिकको सहभागिता रहेको थियो ।
दिवसकै अवसर पारेर साेमवार बिहान मलंगवा स्थित सहिद चौकमा बिहान खुल्ला योग शिविरको समेत आयोजना गरिएको थियो।
उक्त खुल्ला शिविरमा सयौं मानिसहरुले भाग लिएको नगर समितिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्: