Loktantra Khabar National Weekly
Ad

भारतको मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु

लोकतन्त्र खबर
२१ आश्विन २०८१

नयाँ दिल्ली । भारतको दक्षिण पश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा दुई बालबालिका सहित कम्तीमा सात जनाको मृत्यु हुनुको साथै अन्य केही घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

देशको आर्थिक राजधानी मुम्बईको चेम्बुर क्षेत्रमा आगलागी भएको हो । मृतक सबै एकै परिवारका सदस्य थिए ।

भुईँ तलामा पसल र पहिलो तलामा आवासीय एकाइ रहेको दुई तले भवनमा आइतबार आगलागी भएको हो । घटना हुँदा मृतकहरू सुतिरहेका थिए । यात्रा डेली

प्रतिक्रिया दिनुहोस्: