Loktantra Khabar National Weekly
Ad

मलंगवा ११ गम्हरियामा सवारी दुर्घटना हुदा १२ जना घाईते

लोकतन्त्र खबर
१९ आश्विन २०८१

बखतियार अलि–
सर्लाही १९ असोज । मलंगवा नगरपालिका वार्ड नम्बर ११ गम्हरियामा शुक्रवार साझ ७ बजेको समयमा सवारी दुर्घटना हुदा १२ जना व्यतिmहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरिक्षक दिपक कुमार श्रेष्ठले लोकतन्त्रलाई बताएको छ ।

 

गम्हरिया स्थित मलंगवा–नवलपुर सडक खण्डमा मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको ना. ४ ख. ६११३ नं. को बसले सोही दिशाबाट जाँदै गरेको ना. १ ज. ४०६० नं. को म्याजिक मिनि बसलाई ठक्कर दिदा सडक छेउमा रोकी रहेको बिआर ३० एबी २३०५ नम्बर भएको मोटरसाइकलमा ठोकिदा सवारी साधनमा सवा १२ जना व्यतिmहरु घाईते भएको प्रहरीले जनाएको छ ।

 

सवारी दुर्घटनामा सलग्न मोटरसाइकल, म्याजिक र बस जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेको जनाएको छ । बस र म्याजिका चालक फरार रहेकोले निजहरुको खोज तलास भईरहेको प्रहरीको भनाई रहेको छ ।

 

सवारी दुर्घटनामा १२ जना व्यतिmहरु घाईते भएको छ । जसमा रौतहट गढीमाई न.पा. ६ घर भई हाल जि.सर्लाही हरिवन न.पा. ११ बस्ने सुरेन्द्र राय यादवको छोरा वर्ष १५ को रोहित यादवलाई ढाड, मुख खुट्टामा चोट लागेको छ, निजको अवस्था गम्भिर रहेको प्रादेशिक अस्पताल मंलगवामा सामान्य उपचार पश्चात थप उपचारको लागि विरगंज रेफर गरिएको छ ।

 

त्यस्तै लालबन्दी न.पा. १७ बस्ने सोभा लामाको श्रीमती वर्ष ५० की मिरा घिसिङलाई निधार, टाउकोमा चोट लागेको छ, अवस्था गम्भिर रहेकोले अञ्जली अस्पताल नवलपुर सर्लाहीमा सामान्य उपचार पश्चात निजलाई थप उपचारको लागि चितवन रेफर गरेको प्रहरीको भनाई छ ।

 

त्यस्तै कबिलासी न.पा. ८ बस्ने साबिर अंसारीको श्रीमती वर्ष ३८ की मेरुन खातुनलाई टाउको पछाडी चोट लागेकोले अवस्था समान्य रहेको छ, निजलाई प्रादेशिक अस्पताल मलंगवा उपचार भईरहेको बताईएको छ ।

 

लालबन्दी न.पा. १७ बस्ने कमान सिंह योन्जनको श्रीमती रिमा लामा सामान्य घाईते भई उपचार पश्चात घर तर्फ गएको जनाएको छ । त्यस्तै हरिपुर न.पा. २ बस्ने धर्मसिंह बल तामाङको श्रीमती वर्ष ५० की तामा बल तामाङ टाउको हात खुट्टामा चोट लागेको थियो ।

 

निजलाई नवलपुरमा सामान्य उपचार पश्चात चितवन रेफर गरिएको छ । त्यस्तै हरिपुर न.पा. २ बस्ने हेम थापाको श्रीमती वर्ष ४० की प्रेमिका थापालाई दाहिने खुट्टामा सामान्य चोट लागेको छ ।

 

निजको हेल्थकेयर लालबन्दीमा उपचार भईरहेको छ । हरिपुर २ बस्ने श्याम बलको श्रीमती वर्ष ३५ की भावना बललाई दाहिने खुट्टामा सामान्य चोट लागेकाले हेल्थकेयर लालबन्दीमा उपचार भईरहेको छ ।

 

हरिपुरकै वर्ष ४१ की सुनिता घिसिङलाई पनि घाटीमा सामान्य चोटलागेकोले हेल्थकेयर लालबन्दीमा उपचार भईरहेको छ । सोही ठाउकी सिता लामालाई पनि सामान्य चोट पछि हेल्थकेयर लालबन्दीमा उपचार भईरहेको छ ।

 

हरिपुरकै ७० की भक्तिमाया तामाङ र मलंगवा न.पा. ११ गमहरिया बस्ने वर्ष ४१ को मोटरसाईकल चालक सुरेन्द्र रायको वाँया खुट्टाको चोरी औँला भाचिएको प्रहरीले बताए ।

 

गम्हरियाकै श्याम कन्चन कुमारीलाई पनि वाँया खुट्टाको पैतालामा चोट लागेकाले प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले बताएको छ । सवारी दुर्घटनामा म्याजिकमा सवार अधिकांस महिलाहरु घाईते भएको छ ।

प्रतिक्रिया दिनुहोस्: