बखतियार अलि–
सर्लाही १४ असोज । सर्लाही भन्सार कार्यालय मलंगवामा मासिक रुपमा करोडौं रुपैयाको राजस्व छलि हुने गरेको खुलासा भएको छ । भन्सार अधिकृतको रुपमा डम्बर बहादुर बस्नेत सर्लाही भन्सार कार्यालय मलंगवामा आएदेखि भन्सार कार्यालय सर्लाहीमा राजस्व छलिको घटनामा बृद्धि भएको देखिन्छ ।
सर्लाही जिल्लाको सदरमुकाम मलंगवामा रहेको नेपाल–भारत बिचको गोरखकाली प्रमुख नाकाबाट भन्सार कार्यालय मलंगवाको कर्मचारीहरुको मिलेमतोमा राजस्व छलि हुने गरेको खुलासा भएको छ ।
हिजो ३ बजेर ४५ मिनेटको समयमा भन्सार अधिकृत डम्बर बहादुर बस्नेतको आदेशमा भन्सार नकटाईकन व्ज् ण्द्द द्यः द्दढडज्ञ नम्बर भएको १६ चक्के ट्रकमा लोड भएको २८ लाख बराबरको ३५ टन प्याज नेपाल छिर्न खोजे पछि गाडी र चालकलाई सोही भन्सार कार्यालयको १ सय मिटर पश्चिममा रहेको नेपाल प्रहरीको गोरखकाली चौकीका प्रहरीहरुले चेकजाच गर्दा बिलबिजक नभएको र भन्सार समेत नकाटिएको प्याजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजस्व अनुसंन्धान कार्यालय बारा जिल्ला पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका नायब प्रहरी उपरिक्षक दिपक श्रेष्ठले एभिन्युजलाई बताए ।
यस सम्बन्धमा थप सोध गर्दै जब हामि भन्सार अधिकृत डम्बर बहादुर बस्नेतको कार्यकक्षमा पुगे पहिला त वहाले केहि बताउन चाहनु भएन पछि वहाले स्विकार्दै भने हिजो पक्राउ परेका प्याज र ट्रकलाई नेपाल प्रहरीले बल प्रयोग गरेर यहाबाट पक्राउ गरेर लगेको बताए ।
जबकी भन्सार कार्यालयबाट १ सय मिटरको दुरिमा रहेका नेपाल प्रहरीको चौकीमा कार्यरत प्रहरीहरुले भन्सार छलि गरि ल्याएको हो, भन्दै पक्राउ गरेर राजस्व अनुसंन्धानमा पठाएको बताए । प्रमुख नाका हुदै भन्सारकै कर्मचारीहरुको मिलेमतोमा लाखौं लाखको सामानहरु भारतबाट नेपाल भित्रि रहेको छ । हिजो पक्राउ परेको २८ लाखको प्याज र ट्रक एउटा नजिर मात्र हो । दैनिक रुपमा करोडौंको सामानहरु भारतबाट भन्सार छलेर नेपाल भित्रियाउने काम हुने गरेको छ ।
जसले गर्दा दैनिक रुपमा करोडोको र मासिक रुपमा अर्बै रुपैयाको राजस्व भन्सार कार्यालयकै कर्मचारीहरुको मिलेमतोमा छलि भईरहेको देखिन्छ । आर्थिक वर्ष २०८०र ०८१ मा यस कार्यालयको राजस्व उठाउने वार्षिक लक्ष्य ६७ करोड थियो ।
जसमा गत वर्ष मात्र ४८ करोड राजस्व उठेको भन्सार कार्यालयको भनाई छ । गत आ.व. मा नेपाल सरकारले तोके बमोजिम १९ करोड राजस्व घाटा भएको थियो । तेसैले चालु आ.व. मा सरकारले भन्सार कार्यालय सर्लाहीलाई ५४ करोडको मात्र लक्षय दिएको छ । असोज ११ गते सम्म ३ महिनाको अन्तरालमा यस भन्सार कार्यालय सर्लाहीले अहिले सम्म ८ करोड १५ लाख राजस्व उठेको जनाएको छ ।
यो अनुपातमा हेर्ने हो भने चालु आ.व.को लक्षय पनि भन्सार कार्यालय सर्लाहीले पुरा गर्न नसकिने आकलन गरिएको छ । जुन अनुपातमा अहिले सम्म राजस्व संकलन भएको छ । यस अनुसार चालु आ.व.को असाढमसान्त सम्म ४० लाख पनि राजस्व नउठने अनुमान गरिएको छ । भित्रत्रिभै भन्सारकै कर्मचारीहरुको मिलेमतोमा राजस्व छलि हुन थालेपछि सरकारको राजस्व उठाउने लक्षय पुरा हुन नसकेको जानकारहरुको भनाई छ ।