लोकतन्त्र समाचारदाता—- सर्लाही,भदौ ३०
सर्लाहीको पर्सा गाउँपालिका वडा न-५ मा रहेको बर्थिङ सेन्टरमा वृक्षारोपण गरिएको छ।
शनिवार ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा मिथिला बाल संजालका अध्यक्ष गणिता कुमारी ठाकुरको अध्यक्षता तथा वर्ल्ड भिजन इन्टरनेसनल,बागमती सेवा समाज नेपालको सह-आयोजमा गाउँपालिकासँग समन्वय गरि आयोजना भएको कार्यक्रमका बिच वडा न-५ मा रहेको बर्थिङ सेन्टरको प्रांगणमा वृक्षारोपण गरिएको नवल किशोर साहले जनाएको छ।
कार्यक्रममा वडा न-५ का वडाअध्यक्ष अनिल कुमार यादव,महिल विकास शाखा संयोजक चन्दा यादव,राजेन्द्र प्रसाद यादव,बर्थिङ सेन्टरका कर्मचारी ,बाल संजालका सदस्यहरु लगाएको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्: