Loktantra Khabar National Weekly
Ad

राष्ट्रिय बाल दिवस : मलंगवामा प्रभातफेरी

लोकतन्त्र खबर
३० भाद्र २०८१

लोकतन्त्र समाचारदाता— सर्लाही,भदौ ३०

बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ आयोजित ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शनिवार सर्लाहीको सदरमुकाम मलंगवामा प्रभातफेरी गरिएको छ।

नेपाल बाल संगठन जिल्ला कार्यसमिति सर्लाहीको आयोजनामा शमिमबाबु खानको अध्यक्षतामा सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा एम्नेस्टी इनटरनेशनलका कार्यक्रम संयोजक समिर मिकरानी तथा पदाधिकारी ,बाल संगठनका पदाधिकारी ,सेन्टग्रेवियल्सका शिक्षक,विद्यार्थीहरु लगायतको सहभागीता रहेको थियो।

बिहान ८ बजे बालमन्दिरको प्रांगणबाट निकालिएको प्रभात फेरी नगरको परिक्रमा गर्दै पुन: सोही ठाउँमा आएर कोणसभामा परिणत भइ नेपालको राष्ट्र झण्डा फहराराएको संगठनका लेखापाल रामलखन महतोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्: