Loktantra Khabar National Weekly
Ad

हरिवनमा नदी उकास जमिनबाट १४३ घर घरपरिवार लाभान्वित

लोकतन्त्र खबर
३० भाद्र २०८१

रितीक अधिकारी सर्लाही,भदौ ३०

सर्लाहीको हरिवन नगरपालिका ५ का विपन्न किसानहरु तरकारी उत्पादनमा व्यस्त रहेका छन् ।

हरिवन नगरपालिका ५ का विपन्न किसानहरु नदी उकास बगरमा तरकारी उत्पादनमा व्यस्त रहेका छन् ।

नदी उकास खेर गईरहेको वनक्षेत्र र बगरका खाली जमिनमा कृषि वन कार्यक्रम अन्तर्गत खनजोत गरी लगाइएको तरकारी खेतीबाट उत्पादन राम्रो भएपछि किसानहरुलाई तरकारी बेच्न भ्याईनभ्याई भएको हो ।

युएनडिपीको आर्थिक सहयोगमा ग्रामीण स्वयमसेवक समाज र हरिवन नगरपालीकाले सुरु गरेको कृषि वन कार्यक्रम मार्फत आफुहरुले तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेको स्थानिय किसान राम बहादूर लामा बताउ छन ।

आफूहरुले साग,पर्बल,बोडी,खुर्सानी, करेला, लौका,कांक्रा,फर्सि,चिप्ले भिण्डी लगायतका तरकारी उत्पादन गरिरहेको उहाँले बताउनु भयो ।

किसानले उत्पादित तरकारी लौका, घिरौला, बोडी, हरियो साग, पर्वल, फर्सी, खर्बुजा, काँक्रो खुर्सानी सिमल तरुल मँफली बदम लगायतका फलफूल र तरकारी विक्रीबाट भएको आम्दानीको आफ्नो घरव्यावहार चलाउन पैसाको अभाव हुन छाडेको किसान रामदियाल नूनीया बताउ छन् ।

युएनडिपीले धेरै सहयोग गरेर जग्गा दीयो र तरकारी खेती गर्न थालेपछि आफ्नो घरव्यावहार चलाउन पैसाको अभाव हुन छाडेको किसान स्याम घिसिङ बताउ छन् ।

विपन्न कृषकहरु छनौट गरी त्यस्ता खाली पर्ती, नदी उकास बगर जग्गाहरुमा खनजोत गरेर मलपानीको व्यवास्था गरि तरकारी खेती सुरु गरेको थियो ।

युएनडिपी आफैले मल, विउविजन, विषादीदेखि लिएर खनजोतका लागि आवश्यक स्रोतसाधन नै उपलब्ध गराएर किसानहरुले उत्पादन भएको तरकारी अहिल सर्लाहीका बजारहरुमा पुग्ने गरेको हरिबन नगरपालीका नगर प्रमूख रमेश बूढाथोकी बताउ छन् ।

करिब ३५ विघामा विभिन्न कृषक समूहहरु बनाई सामुहिक तरकारी खेती सुरु गरेको छ ।

हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली, पर्ती, ऐलानी, खेर गईरहेको नदी उकास जमीनमा सिचाइको लागि बोरिङ ५थान ,बिजुली, चर्पी तथा काडेताराबाट घेरा बेरा नगरपालिका को तर्फबाट आप, जंगली काठहरु पनि लागायका छन् , बाकी अन्य क्षमता अभिवृद्धिका कृषि तालीम गलमउ यूएन डिपीको तर्फबाट सुबिधा सम्पन्न टनेल घर र सिकाई केन्द्र बनाईदिई किसानलाई थप उर्जा मिलेको किसानले बतायका छन् ।

नदि उकास जमीनमा बिश्वा वातावरण दिवसका अवसर पारेर आपका १७०० बीरुबा रोपीइको र सो बिरुबाले बढ्दै गयको कार्वन उत्सर्जन लाई न्यूनीकरण गर्न वृक्ष रोपण गरिएको यूएन डिपीका कृषी प्राबिधिक सुरज खनालले बताए ।

विपन्न कृषकहरु छनौट गरी त्यस्ता खाली पर्ती, नदी उकास बगर जग्गाहरुमा रोजगारी नभयका विपन्न नागरिकको आर्थिक अवस्था उकास्ने उदेश्यका साथ युएनडिपीको सहयोगमा ग्रामीण स्वयमसेवक समाज हरिवनले सुरु गरेको कृषि वन विकास कार्यक्रम सफल बन्दै गएको छ भने तरकारी उत्पादनबाट किसानहरु लाभान्वित भएका ग्रामीण स्वयमसेवक समाज सदस्य चूडामणी वाग्लेले बताउनू भयो ।

युएनडिपीको आर्थिक सहयोगमा ग्रामीण स्वयमसेवक समाज र हरिवन नगरपालीकाले सुरु गरेको कृषि वन कार्यक्रम मार्फत कृषि खेतीबाट नगरपालिका ५ का १४३ घरपरिवार परिवार प्रत्यक्ष लाभान्वित भएका छन ।

प्रतिक्रिया दिनुहोस्: